निर्जीवन बीमा कम्पनीद्वारा १९ अर्ब बीमाशुल्क संकलन



काठमाडौं । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अर्थात पौष मसान्सम्ममा १९ अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार पौष महिनासम्मा कम्पनीहरुले १९ अर्ब ९ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

कम्पनीहरुले १४ लाख ८५ हजार ८ सय ५१ वटा बीमालेख जारी सो रकम संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । चालु आवको ६ महिनाको अवधिमा कम्पनीले दुई अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

सगरमाथा इन्स्योरेन्स कम्पनीले यस अवधिमा १ अर्ब ७२ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले यस अवधिमा १ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २० करोड ४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

कुन कम्पनीले कति संकलन गरे ?


क्लिकमान्डु