सार्वजनिक खरिद नियमावली संशोधन, ५ वटाभन्दा बढी ठेक्का लिन नपाउने



काठमाडौं । सरकारले सार्वजनिक खरिद नियमावली संशोधन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली ११औं संशोधन गरेको हो ।

‘हालसम्म महासंघलाई लिखित नियमावली हात पारेको छैन । तर, उक्त संशोधन नियमावलीमा एउटा निर्माण कम्पनीले एक पटकमा ५ वटाभन्दा बढी ठेक्का लिन पाउने व्यवस्था गरेको जानकारी पाएको छु,’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने ।

‘विगतको दिनमा एउटै निर्माण व्यवसायी कम्पनीले धेरै ठेक्का लिन पाउने व्यवस्था थियो । अहिले सो व्यवस्थालाई अंकुश लगाएर सरकारले ५ वटा ठेक्का लिएको कम्पनीले उक्त कार्य सम्पन्न नगरीसम्म अर्को ठेक्का नपाउने व्यवस्था गरेको छ,’ उनले भने ।

त्यसैगरी, क्रेडिट लाइनमा आर्थिक व्ययभार बढेको थियो । सो व्यवस्था पनि हटाइएको छ । निर्माण कम्पनीले सरकारले धरौटी रकमको बिलमा कटौती गरेर जम्मा गरेको ५ प्रतिशत रकम फुकुवा गर्ने भएको छ । उक्त रकमले तरलता व्यवस्थापनमा सहज हुने उनले जिकिर गरे ।

त्यस्तै, ३ अर्ब रुपैयाँसम्म ठेक्कामा स्वदेशी कम्पनीले मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् । विगतको दिनमा स्वदेशी तथा विदेशी कम्पनीले ठेक्कामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था थियो । उक्त व्यवस्थालाई संशोधनले अबको दिनमा ३ अर्ब रकम बराबरको ठेक्कामा स्वदेशी कम्पनीबीच प्रतिस्पर्धा हुनेछ ।

त्यस्तै, अध्यक्ष रवि सिंहले १० अर्बसम्मका ठेक्कामा विदेशी कम्पनीले नेपाली कम्पनीसँग अनिवार्य ज्वाइन्ट भेन्चर गर्नुपर्ने व्यवस्था गरेको बताए । उनले यो संशोधन स्वागतयोग्य भएको बताए ।


क्लिकमान्डु