जनरल इन्स्योरेन्सको नाफा ५६% ले बढ्यो



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासको अवधिमा खुद नाफा बढाएको छ ।

गत आवको सोही अवधिको तुलनामा कम्पनीले खुद नाफा ५६.२० प्रतिशतले बढाउन सफल भएको हो । यस अवधिमा कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३ करोड ६४ लाख रुपैयाँ रहेको थियो । दोस्रो त्रैमाससम्ममा कम्पनीले १३ करोड ५० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ११ करोड ९७ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क १२.७६ प्रतिशतले बढेको हो ।

कम्पीले पुनर्बीमा कमिसन आयबाट ७ करोड ९१ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट १ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले यस अवधिमा ८ सय ९४ वटा बीमा दावीवापत ११ करोड ४९ लाख रुपैयाँ कुद दावी भुक्तानी गरेको छ । भने तीन हजार सात सय ९३ वटा बीमा दावीवापत ५६ करोड ३५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

एक अर्ब रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १३ करोड ३ लाख रुपैयाँ संचिती छ ।


क्लिकमान्डु