४० अंकले नेप्से परिसूचक घट्यो, नेपाल लाइफका लगानीकर्ता निराश



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४० अंकले ओरोलो लागेको छ ।

अघिल्लो साता निर्वाचन हुने कारण केही बढेको परिसूचक आइतबार भने घटेको हो ।

सरकारमा सहभागी दलहरुबीच एमसीसी पारित गर्ने विषयमा विवादले लगानीकर्तामा अन्यौलता देखिएको हो । साताको पहिलो दिन नेप्सेमा २२८ कम्पनीका ५ अर्ब ८३ करोड रुपैयाँको कारोबार भएको हो ।

आइतार सबैभन्दा बढी बढ्ने कम्पनीमा नेपाल हाइड्रो पावर,एनआरएन इन्भेष्टमेन्ट फण्ड लगायतका संस्था छन् । घट्ने कम्पनीमा विन नेपाल,नेपाल लाइफका लगानीकर्ता छन् ।

बढी लाभांशको आश गरेका नेपाल लाइफले लगानीकर्तालाई १४ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । आइतबार नेपाल लाइफको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको छ ।


क्लिकमान्डु