बैंक सञ्चालकको निष्कर्ष घरजग्गा र सेयर बजार अनुत्पादक



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको लगानीकर्ताहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) ले शिर्षक नखुलेको कर्जा घरजग्गा र सेयर बजारजस्तो अनुत्पादक क्षेत्रमा गएको निष्कर्ष निकालेका छन् ।

तरलता अभाव सम्बन्धी अध्ययन प्रतिवेदनले उपभोग्य कर्जा अन्तर्गतको अन्य शिर्षकको कर्जा अत्याधिक बढी भएको अनुत्पादक क्षेत्रमा गएको निचोड निकालेको हो । १० खर्ब ५५ अर्ब शिर्षक नखुलेको कर्जा गएको छ ।

कुल कर्जामा शिर्षक नखुलेको कर्जाको हिस्सा २३ प्रतिशत छ । चालु आर्थिक वर्षमा शिर्षक नखुलेको कर्जाको बृद्धिदर अत्याधिक बढी छ ।

‘घरजग्गा सेयर बजारजस्ता सट्टेबाजी प्रकृतिको क्षेत्रमा हुने कर्जा लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र तरल सम्पत्ति कायम गर्न सहयोग पुर्याएको देखिएन,’सिविफिनको अध्ययन प्रतिवेदनमा भनिएको छ ।


क्लिकमान्डु