एशियन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, २७% लाभांश पारित



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभा शुक्रबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७६/७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनश सेयर र २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष ०७७/७८ को लागि लेखापरिक्षण समितिको सिफारीस बमोजिम बाह्य लेखा परिक्षक एसएआर एशोसियट्स, चार्टड एकाउन्टेन्ट सुनिल कुमार ढुंगेलको नियुक्ति र पारिश्रमिक अनुमोदन गरेको छ ।

इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिन र कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत बहुमतबाट पारित भएको छ ।

साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।

२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल पौष मसान्त सम्ममा ३० अर्ब जीवन बीमा कोष र करिब ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ ।

यसैगरी कम्पनीले चालु आव २०७८/७९ को पौष मसान्तसम्ममा कूल १ अर्ब ६ करोड २४ लाख प्रथम बीमाशुल्क संकलन गरेको छ ।
कम्पनीले सो अवधिमा ३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।

कम्पनीले ४७ वटा शाखा तथा १०३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको छ ।


क्लिकमान्डु