बीमा कम्पनीका कर्मचारीले ७ दिनभित्र शैक्षिक योग्यताको विवरण बुझाउनुपर्ने



काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई आफ्नो कम्पनीमा कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको छ ।

समितिले आज एक निर्देशन जारी गर्दै सात दिनभित्रमा कम्पनीमा कार्यरत कर्मचारीको शैक्षिक योग्यताको विवरण बुझाउन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

‘कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यताको विवरण संलग्न बमोजिमको तालिका बमोजिम पत्र प्राप्त भएको मितिले सात९७० दिनभित्र पेश गर्नुहुन अनुरोध गरिन्छ’ निर्देशनमा उल्लेख छ ।

समितिकाअनुसार नेपालमा सञ्चालित सबै बीमा कम्पनीहरुले कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धी विवरण ७ दिनभित्र उपलब्ध गराउनुपर्ने छ ।

कम्पनीहरुले आफ्नो कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यता अन्तर्गत शैक्षिक योग्यता उत्तिर्ण गरेको वर्ष, उत्तिर्ण गरेको विश्व विद्यालय देखि विद्यालयसम्मको विवरण तालिकामा भरेर ७ दिनभित्र बीमा समितिमा पठाउनु पर्ने छ ।


क्लिकमान्डु