‘भारत पे’ले सह-सस्थापक अश्निर ग्रोवरलाई वित्तीय धोखाधडीको आरोपमा विदामा पठायो



भारतीय विल पेमेन्ट कम्पनी ‘भारत पे’को बोर्डले सह–संस्थापक अश्निर ग्रोवरलाई विदामा पठाउने निर्णय गरेको छ । कम्पनीका सह–संस्थापक ग्रोवरसँगै एकजना निर्देशक समेत कारबाहीमा परेका छन् ।

ग्रोवर हालै भारतीय टेलिभिजनमा शुरु भएको सार्क ट्यांक इन्डिया कार्यक्रममा ‘सार्क’ पनि हुन् । कार्यक्रममा सहभागीहरुका विषयमा उनले गरेका टिप्पणीका विषयमा पनि विवाद हुँदै आएको छ ।

बोर्डले वित्तीय धोखाधडीको आरोपमा प्रारम्भिक अनुसन्धानका आधारमा तत्कालका लागि निलम्बन गरेको हो । कम्पनीले यस विषयमा वृहत अनुसन्धानका लागि ल फर्म नियुक्त गरिसकेको छ र आगामी २ महिनामा रिपोर्ट आउने अनुमान गरिएको छ ।

कम्पनीले गत साता १५ जना कर्मचारी हटाउने निर्णय गरेको थियो । जसमा कम्पनीका हेड अफ कन्ट्रोल माधुरी जैन पनि छन् । जैन ग्रोवरकी श्रीमति हुन् ।

जैनले कम्पनीको शुरुवाती दिनमा खरिद, फाइनान्स र जनशक्ति व्यवस्थापनको काम गरेकी थिइन् । जैन नेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट ग्राजुएट हुन् भने उनी भारत पेमा आबद्ध हुनुभन्दा अघि फेसन बुटिक कम्पनी सञ्चालन गरेकी थिइन् ।

यद्यपि कम्पनीले भने कुने पनि कर्मचारीलाई विदा नगरिएको दाबी गरेको छ । कम्पनीका सीइओ सुशैल समिरले पनि जैनले कम्पनी छाडेको विषय गलत भएको दाबी गरेको थिए ।

कम्पनीका सह–संस्थापक ग्रोवरले कोटाक वेल्थ म्यानेजमेन्ट कम्पनीका कर्मचारीलाई धम्की दिएको अडियो रेकर्ड बाहिरिएपछि विवाद शुरु भएको थियो । त्यसपछि अश्निर तथा उनकी श्रीमति माधुरीका साथमा ५ जना अन्य व्यक्तिहरु जुन उनीहरुका नातेदारहरु हुन उनीहरु यस आर्थिक धोखाधडीमा संलग्न भएको आरोप लागेको छ । जसमा १० करोडभन्दा बढीको धोखाधडी भएको आरोप लगाइएको छ ।

अश्निरले गत वर्ष मात्रै २० देखि ३० करोड पर्ने २ वटा घर खरिद गरेका थिए । उनले त्यति धेरै सम्पत्ति कहाँबाट जुटाए भन्ने स्पष्ट छैन ।


क्लिकमान्डु