नेपालको जनसंख्या २ करोढ ९१ लाख, पुरुषको तुलनामा महिलाको संख्या ६ लाख बढी



Multicolored vector illustration.

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ११ रहेको छ ।

विभागका अनुसार अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको छ । यसपटक जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । जनसंख्या वृदिद्धर १ प्रतिशतभन्दा कम भएको यो पहिलो पटक हो ।

विभागका अनुसार विदेशमा बस्ने नेपालीको संख्या २१लाख ६९ हजार ४७८ रहेको छ ।


क्लिकमान्डु