अधिकतम बोनस दरको लाभ लिने बीमितको संख्या न्यून



काठमाडौं । जीवन बीमा कम्पनीहरुले दिने अधिकतम बोनस दरको लाभ लिने बीमितको संख्या न्यून देखिएको छ । बीमितहरु कम बोनस दर र छोटो अवधिको बीमालेखमा आकर्षित भएको देखिएको हो ।

कम्पनीहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई दिने बोनस दर तालिकाअनुसार बीमितहरुको आकर्षण लामो अवधि र बढी बोनस दर भएका बीमालेखको तुलनामा कम अवधि र कम बोनस दर भएका बीमालेखमा देखिएको हो ।

कम्पनीहरुले सार्वजनिक गरेको बोनस दर तालिका अनुसार बीमितले छोटो अवधिका लागि जारी गरिएका बीमालेखमा कम बोनस दर पाउँछन् भने लामो अवधिका लागि जारी गरिएका बीमालेखमा बढी बोनस दर पाउने देखिन्छ ।

सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १३ जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लािग बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् ।

जसअनुसार कम्पनीले घोषणा गर्ने अधिकतम बोनस दरको लाभ लिने बीमितको संख्या कम देखिएको हो ।

सिटिजन लाइफ इन्स्योरेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत ३० वा सो भन्दा माथिका बीमालेखमा ७३ रुपैयाँ बोनस दर निर्धारण गरेको छ । तर, उक्त बोनस दरको लाभ लिने बीमालेखको संख्या २ वटामात्रै छ ।

सिटिजन शुभारम्भ योजना (सावधिक) बीमालेख अन्तर्गत ३० वा सो भन्दा माथि को बीमालेखमा कम्पनीले ७० रुपैयाँ बोनस दर तोकेको छ । जसमा ४५ वटा बीमालेख कायम भएका छन् ।

सावधिक तथा आजीवन बीमालेखमा ३० वा सो भन्दा माथिका बीमा अवधिमा कम्पनीले ७० रुपैयाँ बोनस दर कायम गरेको छ । जसमा ४२ वटा बीमालेख छन् ।

ज्योति लाइफको सावधिक बीमालेख अन्तर्गत २५ र सो भन्दा माथिका बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकिएको छ । जसमा १५१ जना बीमितले सो बोनस दर पाउनेछन् ।

यस्तै, सावधिक तथा आजीवन बीमालेखमा २५ र सो भन्दा माथिका बीमालेखमा कम्पनीले ७५ रुपैयाँ बोनस दर कायम गरेको छ । जसमा १०७ जनाले मात्रै सो बोनस दरको लाभ पाउनेछन् ।

एलआइसी नेपालले सावधिक, जीवन विद्या र जीवन सारथी बीमा योजनामा २५ र सो भन्दा माथिका बीमा अवधिमा ७० रुपैयाँ बोनस दर कायम गरेको छ ।

जसमा ३ हजार ३७० जना बीमितले मात्रै उक्त बोनस दरको लाभ पाउनेछन् ।

जीवन आनन्द बीमालेखमा कम्पनीले २५ देखि माथिका बीमा अवधिमा ७० रुपैयाँसम्म बोनस दर तोकेको छ । जसमा २ हजार ५९१ वटा बीमालेख छन् ।

बाल सावधिक बीमालेखमा कम्पनीले ३० देखि माथि ७० रुपैयाँ बोनस दर कायम गरेको छ । जसमा १६ वटा बीमालेख छन् ।

महालक्ष्मी लाइफको महालक्ष्मी सावधिक जीवन बीमा योजनामा २६ देखि ३० वर्षका बीमा अवधिका लागि ५२ रुपैयाँ बोनस दर तोकेको छ । जसमा ११ वटा बीमालेख कायम भएका छन् ।

महालक्ष्मी सरल जीवन बीमामा १६ देखि २५ वर्षको बीमा अवधिमा कम्पनीले ५१ रुपैयाँ बोनस दर कायम गरेको । जसमा ९० वटा बीमालेख छन् ।

यस्तै, महालक्ष्मी जीवन हेरचाह बीमा योजनामा १६ देखि २५ वर्षे बीमा अवधिमा पनि कम्पनीले ५१ रुपैयाँ बोनस दर कायम गरेको छ । जसमा एक हजार ३२४ बीमालेख छन् ।

मेट लाइफले सावधिक जीवन बीमालेखमा २१ वा सो भन्दा माथिका बीमा अवधिमा ८० रुपैयाँ बोनस दर तोकेको छ । जसमा ९ सय १० वटा बीमालेख छन् ।

सावधिक जीवन बीमामा २१ वा सो भन्दा माथिका बीमा अवधिमा ८० रुपैयाँ बोनस दर तोकेको छ । जुन बोनस दर ३ हजार १४६ वटा बीमालेखले पाउनेछन् ।

नेशनल लाइफले सावधिक बीमालेख अन्तर्गत ३० वा सो भन्दा माथिका बीमा अवधिमा ८५ रुपैयाँ कायम गरेको छ ।

तर, कम्पनीले बीमालेख संख्या भने उल्लेख गरेको छैन ।

प्रभु लाइफको सावधिक जीवन बीमालेख अन्तर्गत २५ वा सो भन्दा माथिका बीमा अवधिमा ७० रुपैयाँ बोनस दर कायम भएको छ । जसमा १५३ वटा बीमालेख मात्रै कायम भएका छन् ।

प्राइम लाइफको सावधिक बीमालेखमा २५ देखि माथिको बीमा अवधिमा ७० रुपैयाँ बोनस दर तोकिएको छ । जसमा एक हजार ७१५ वटा बीमनलेख कायम भएका छन् ।

सावधिक तथा आजीवन बीमालेखमा २५ देखि माथिका बीमा अवधिमा ७५ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । जसमा १ सय ४८ वटा बीमालेख जारी भएका छन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा २५ देखिा माथि ७० रुपैयाँ बोनस दर कायम गरिएको छ । जसमा ९१ वटा बीमालेख जारी भएका छन् ।

रिलायन्स लाइफको सावधिक बीमा योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिमा ६० रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । कम्पनीका अनुसार जसमा २ सय ४३ वटा बीमालेख जारी भएका छन् ।

सावधिक तथा आजीवन बीमालेखमा २५ वा सो भन्दा माथिका बीमा अवधिमा ६० रुपैयाँ बोनस दर तोकिएको छ । जसमा ३१ वटा बीमालेख कायम भएका छन् ।

सन नेपाल लाइफको सन नेपाल लाइफ सावधिक बीमालेख अन्तर्गत २५ वा सो भन्दा बढी अवधिका बीमालेखमा ७५ रुपैयाँ बोनस दर तोकिएको छ । जसमा ४४ वटा बीमालेख जारी भएका छन् ।

भाग्योदय जीवन बीमालेख(एकल भुक्तानी सावधिक) बीमालेख मा २५ वा सो भन्दा बढी बीमा अवधिका लागि कम्पनीले ७५ रुपैयाँ बोनस दर तोकेको छ । जसमा १ वटा बीमालेख मात्रै जारी भएका छन् ।

नवीन आजीवन बीमालेख (सावधिक तथा आजीवन) बीमालेखमा २५ वा सो भन्दा बढी बीमा अवधिका लागि ७५ रुपैयाँ बोनस दर कायम गरिएको छ । जसमा ३९ वटा बीमालेख जारी भएका छन् ।

सूर्या लाइफको सावधिक जीवन बीमालेखमा ३० वा सो भन्दा माथि अवधिका लागि ७३ रुपैयाँ बोनस दर तोकिएको छ । जसमा २ सय ३६ बीमालेख सहभागी छन् ।

सावधिक तथा आजीवन बीमालेखमा ३० वा सो भन्दा माथि अवधिका ७३ रुपैयाँ बोनस दर निर्धारण गरिएको छ । जसमा ३४ वटा बीमालेख जारी भएका छन् ।

एशियन लाइफको सावधिक तथा आजीवन बीमालेखमा २५ वा सो भन्दा माथि अवधिका लागि ७५ रुपैयाँ बोनस दर कायम भएको छ । जसमा ५ सय ८१ वटा बीमालेख जारी भएका छन् ।

प्रभु लाइफको सावधिक जीवन बीमालेखमा २५ वा सो भन्दा माथि बीमा अवधिका लागि ७०९ रुपैयाँ बोनस दर तोकिएको छ । जसमा एक सय ५३ वटा बीमालेख जारी भएका छन् ।

सावधिक तथा आजीवन बीमालेखमा २५ वा सो भन्दा माथि बीमा अवधिका लागि ७० रुपैयाँ बोनस दर घोषणा गरिएको छ । जसमा १९ वटा बीमालेख मात्रै जारी भएका छन् ।

आइएमई लाइफले बीमितका लागि न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।

सावधिक जीवन बीमालेख अन्तर्गत २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि कम्पनीले ७० रुपैयाँ बोनस दर कायम गरेको छ । जुन बोनस दरको लाभ २ सय ८ वटा बीमालेखले मात्रै पाउनेछन् ।

सावधिक÷अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले २५ वा सो भन्दा माथि बीमा अवधिका लागि ७० रुपैयाँ बोनस दर निर्धारण गरेको छ । जसमा ३९ वटा बीमालेख मात्रै जारी भएका छन् ।

यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा २५ वा सो भन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनस दर कायम गरेको छ । जुन बोनस दर २० जना बीमितले मात्रै पाउने छन् ।


क्लिकमान्डु