राष्ट्रिय वाणिज्य बैंकको नाफा १० प्रतिशतले बढ्यो, ६ महिनामा १ अर्ब ९१ करोड



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ६ महिनामा करिब १० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले ६ महिनामा १ अर्ब ९१ करोड नाफा गरेको छ । अघिल्लो वर्ष ६ महिनामा बैंकको नाफा १ अर्ब ७४ अर्ब करोड थियो ।

बैंकको एकवर्षमा निक्षेप भने घटेको छ । अघिल्लो वर्ष २ खर्ब ६३ अर्ब रहेको निक्षेप यो वर्ष २ खर्ब ४२ अर्बमा झरेको छ । निक्षेप घटेपनि अघिल्लो वर्ष १ खर्ब ७७ अर्ब रहेको कर्जा १ खर्ब ९५ अर्बमा पुगेको छ ।

निक्षेप घटेको तथा कर्जा बढेको कारण बैंकको कर्जा निक्षेप अनुपात ८५ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ६५ प्रतिशत थियो । राष्ट्रिय वाणिज्य बैंकसँग कर्जा बढाउन केही स्पेश बाँकी रहेको देखिन्छ । यद्यपी बैंकलाई पनि तरलता अभावको मार भने पर्ने देखिन्छ ।

बैंकको खराब कर्जा अनुपात ३.०६ प्रतिशत रहेको छ । बैंकको बेसरेट अघिल्लो वर्षभन्दा बढेको छ । अघिल्लो वर्ष ५.६१ प्रतिशत रहेको बेसरेट यो वर्ष ६.६० प्रतिशत रहेको छ ।


क्लिकमान्डु