बन्ने भयो ग्वार्कोमा फ्लाइओभर, ठेक्का आशिष समानान्तर रेलिगर जेभीले पायो
काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण हुने फ्लाइओभरको ठेक्काको जिम्मा एम/एस आशिष समानान्तर रेलिगर जेभीले पाएको छ । सडक विभाग अन्तर्गत रहेको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले आज एक आशयपत्र जारी गर्दै उक्त निर्माण कम्पनीले जिम्मा पाएको जनाएको छ ।
सडक विभागको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले उक्त फ्लाइओभर निर्माणका लागि १७ करोड ६ लाख ८८ हजार रुपैयाँ लागतमा निर्माण हुने सम्झौता भएको आशयपत्रमा उल्लेख छ ।
उक्त फ्लाइओभरका निर्माणका लागि केन्द्रले गत असारमा निकालिएको ठेक्कामा ९ वटा निर्माण कम्पनीको आवदेन परेका थिए ।
जसमा एमआर भीम÷सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामा÷गोल्डेन गुड जेभी, सूर्य÷भ्याली÷विकास÷ब्रदर्स जेभी, एलिट कन्स्ट्रकसन, अनक÷श्रेष्ठ जेभी, तुन्दी÷रसुवा÷रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष÷समानान्तर गरी ९ कम्पनीले आवेदन दिएका थिए ।
उक्त ९ कम्पनीमा ८ कम्पनीले दिएको आवेदनको तुलनामा आशिष समानान्तरको सबैभन्दा कम आर्थिक प्रस्ताव पेश भएकाले उक्त ठेक्का सो कम्पनीले पाएको केन्द्रले जनाएको छ । सम्झौताअनुसार कम्पनीले ग्वार्खोमा चार लेनको फ्लाइओभर बनाउने छन् ।