छुट्ला है प्रिमियर इन्स्योरेन्सको लाभांश



काठमाडौं । प्रिमियर इन्स्योरेन्सको लाभांश पाउनको लागि आज (मंगलबार)सम्म कम्पनीको सेयरधनी बनिसक्नुपर्ने छ ।

इन्स्योरेन्सले आगामी साधारणसभाका लागि माघ ५ देखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले मंगलबारसम्म सेयरधनी बनिसक्नुपर्ने छ । मंगलबारसम्म कायम रहेका लगानीकर्ताले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

माघ २१ गते बस्ने कम्पनीको साधारणसभाले उक्त लाभांशको प्रस्ताव पारित गर्ने छ । सभाले कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु