बीमा एजेन्टको संख्या साढे ७ लाख नाघ्यो, ३० प्रतिशत बागमती प्रदेशमा



काठमाडौं । बीमा अभिकर्ताको संख्या साढे ७ लाख नाघेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याकंअनुसार नेपालमा जीवन बीमा अभिकर्ताको संख्या ७ लाख ६८ हजार ४२६ जना छ ।

समितिका अनुसार वागमती प्रदेशमा २ लाख ३३ हजार १०२ जना अभिकर्ता रहेका छन् । जुन कुल संख्याको ३० प्रतिशत हुन आउँछ ।

बागमती प्रदेश पछि लुम्बीनी प्रदेशमा बढी अभिकर्ता छन् । समितिका अनुसार यस प्रदेशमा एक लाख ३१ हजार ५७५ जना रहेका छन् ।

प्रदेश नम्बर एकमा १ लाख २२ हजार ९१६ जना अभिकर्ता छन् ।

यस्तै, प्रदेश २ मा पनि एक लाख एक हजार, गण्डकी प्रदेशमा ७२ हजार ८९७ र सुदुरपश्चिम प्रदेशमा ६८ हजार ५५१ जना अभिकर्ता रहेका छन् ।
सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ५०६ जना अभिकर्ता छन् ।

नेपाल लाइफमा झण्डै २ लाख अभिकर्ता

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार १९ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै अभिकर्ता नेपाल लाइफमा रहेका छन् । कम्पनीमा १ लाख ९४ हजार ७ सय ७७ जना अभिकर्ता आवद्ध भएका हुन् ।

बागमती प्रदेशमा नेपाल लाइफमा ६८ हजार ६४८ जना अभिकर्ता छन् । प्रदेश १ मा ३५ हजार ९५६, लुम्बिनी प्रदेशमा ३२ हजार, प्रदेश २ मा २९ हजार, गण्डकी प्रदेशमा ११ हजार, सुदुरपश्चिम प्रदेशमा १० हजार अभिकर्ता रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा पाँच हजार अभिकर्ता छन् ।

नेपाल लाइफपछि नेशनल लाइफ ५६ हजार ७४९ अभिकर्ता रहेका छन् । यस्तै, नेशनलपछि धेरै अभिकर्ता आवद्ध भएको कम्पनी हो एलआइसी नेपाल । कम्पनीमा ४९ हजार २३३ जना अभिकर्ता आवद्ध छन् ।

यस्तै, राष्ट्रिय बीमा संस्थान, मेट लाइफ र रिलायन्स लाइफमा भने १० हजार भन्दा कम अभिकर्ता आवद्ध भएको समितिको तथ्यांकले देखाएको छ ।

राष्ट्रिय बीमा संस्थानमा ६ हजार, मेट लाइफमा ७ हजार ३४७ र रिलायन्स लाइफमा ९ हजार ५३१ जना अभिकर्ता आवद्ध रहेका छन् ।


क्लिकमान्डु