गोर्खा ब्रुअरीको नाफा बढ्यो, यो वर्ष ८ अर्ब नाफा कमाउने अनुमान



काठमाडौँ । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीको नाफा बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ब्रुअरीले गत वर्ष भन्दा १५ प्रतिशत बढी नाफा कमाएको कम्पनी स्रोतका जानकारी दियो ।

स्रोतका अनुसार कम्पनीले गत वर्ष करिब ७ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले यो वर्ष ८ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाउने प्रारम्भिक अनुमान गरिएको छ ।

‘कोरोना महामारीको तेस्रो लहरले कम्पनीको विक्रीमा असर गरेन भने यो वर्ष कम्पनीले ८ अर्ब ३० करोड रुपैयाँ सम्म नाफा कमाउने हामीले प्रारम्भिक अनुमान गरेका छौँ’, कम्पनी स्रोतले भन्यो ,‘तर, कोरोनाले बिक्रीमा असरे गरे नाफा पनि घट्न सक्छ ।’

कम्पनीले अनुमानित वित्तिय विवरणका आधारमा यो वर्षको आयकरको पहिलो किस्ता पनि बुझाएको कम्पनीका एक कर्मचारीले जानकारी दिए ।

‘गत वर्ष करिब १ अर्ब ८० करोड रुपैयाँ आयकर बुझाउनु पर्ने हुने अनुमान गरेर पुष मसान्तमा ६५ करोड रुपैयाँ ठुला करदाता कार्यालयमा बुझाएका थियौँ’ कम्पनीका एक कर्मचारीले भने,‘यो वर्ष करिब २ अर्ब ८ करोड सम्म आयकर बुझाउनु पर्ने हाम्रो अनुमान छ । त्यसकै आधारमा ठुला करदाता कार्यालयमा पहिलो किस्ताको रुपमा ७५ करोड रुपैयाँ बुझाएका छौँ ।’


क्लिकमान्डु