सेबोनको अध्यक्षका लागि १५ जनाको आवेदनः पुराना हटे, नयाँ कति थपिए ?



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि १५ जनाले आवेदन दिएका छन् ।

अर्थमन्त्रालयका अुनसार बिहीबारसम्म १५ जनाले आवेदन दिएका छन् । यसअघि १२ जनाले आवेदन दिएका थिए । यसअघि आवेदन दिनेमध्ये कर्मचारी सञ्चय कोषको पूर्व प्रशासक कृष्ण प्रसाद आचार्यले आवेदन दिएका छैनन् भने नयाँ ४ जना सहित १५ जना पुगेका छन् ।

बोर्डका अध्यक्षको लागि आवेदन दिनेमा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपालप्रसाद भट्ट, बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी, उप कार्यकारी निर्देशक डा.नवराज अधिकारी, नेप्सेको पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईले रहेका छन् ।

यस्तै अध्यक्षको लागि आवेदन दिनेमा कृष्णराज पोखरेल, रमेश कुमार हमाल, अम्बिका शर्मा लामिछाने, रमेश अधिकारी, डा. जीवन अम्गाइ, डा. केशवप्रसाद श्रेष्ठ रहेका छन् । आवेदन दिएका डा. श्रेष्ठ नेप्सेको सीइओको लागि ३ जना भित्र परेको छन् । उनको नाम अर्थ मन्त्रालयले नेप्सेको सीइओको लागि सिफारिस गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कायालयमा पठाएको छ । उनले नेप्से र बोर्ड दुवै ठाँउमा आवेदन दिएका छन् ।

यस्तै बोर्डको अध्यक्षका लागि खगेन्द्र कटुवाल, मुक्ति अर्याल, हेमन्त बस्याल र अनिलराज पौडेल पौडेलले आवेदन दिएका छन् । पोखरेल, कटुवाल, अर्याल र अधिकारीले पहिलो पटक आवेदन दिएका हुन् । यसअघि उनीहरुले अवोदन दिएका थिएनन् । यसअघि कात्तिक ११ मा सूचना प्रकाशित गरेपछि १२ जनाको आवेदन परेको थियो । पहिलो सूचना मन्त्रिरिषदको निर्णय बीना नै अर्थ मन्त्रालयले आफुखसी निकालेको भन्दै त्यो सूचनालाई रद्ध गरेर नयाँ सूचना प्रकाशित गरेको थियो । दोस्रो पटक पुस १४ गते अध्यक्षको लागि माग गरिएको थियो । सोही सूचनाका आधारमा १५ जनाको आवेदन परेको छ ।

१५ जना मध्येबाट ३ जनाको नाम छनोट समितिले मन्त्रिपरिषदमा पठाउने छ । त्यसको आधारमा एक जनालाई सरकारले बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ । बोर्डमा जाने व्यक्तिले करिब २ अर्ब काम गर्न पाउने छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि सरकारले बर्खास्त गरेको छ ।

बोर्डको अध्यक्ष बन्नको लागि ८ करोडको हाराहारीमा डिल हुने थालेपछि बोर्डको को, अहिले आउने हो भन्नेमा नै अन्योलता सृजना भएको छ । लामो समयदेखि सरकारले बोर्ड तथा नेप्सेलाई निमित्तको भरमा चलाइरहेको छ । नेप्से माओवादी र बोर्ड काँग्रेसको भागमा परेको छ ।


क्लिकमान्डु