नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्ने सम्झौतामा हस्ताक्षर हुँदै, स्वाप ४३ रुपैयाँ



काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश(एनबी) बैंकलाई एक्विजेशन गर्ने भएको छ । बिहीबार साँझ ६ बजे सम्झौतामा हस्ताक्षर हुने स्रोतले जानकारी दियो ।

लामो समयदेखि नबिल बैंकले एनबी बैंकलाई एक्विजेशन गर्ने विषयमा छलफल चलिरहेकोमा बिहीबार सहमति भएपछि हस्ताक्षर हुन लागेको स्रोतले जानकारी दियो । एक्विजेशनपछि नबिल बैंकको नाममा नै एकीकृत कारोबार हुने छ ।

स्रोतका अनुसार एनबी बैंकको एक सय कित्ता बराबर ४३ कित्ता हुने गरेर एक्विजेशन हुन लागेको हो । सम्पत्ति र दायित्वको मूल्यांकन(डीडीए) गर्दा १० प्रतिशत तलमाथि भएमा पनि त्यही स्वाप अनुपात कायम गर्ने सहमति भएको छ ।


क्लिकमान्डु