आज डेढ दर्जन कम्पनीको साधारणसभा, ७ वटाले बनाए लगानीकर्ताको हात खाली



काठमाडौं । पुस मसान्तमा सूचीकृत कम्पनीलाई साधारणसभाको चटारो परेको छ । हरेक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा गरिसक्नुपर्ने छ । त्यसै अनुसार पुस मसान्तमा कम्पनीहरुलाई साधारणसभाको चटारो परेको हो ।

आज (पुस २९ गते) १८ वटा कम्पनीको साधारणसभा रहेको छ । १८ वटा कम्पनीमा ७ वटा कम्पनीले लगानीकर्ताको हात खाली बनाउने भएका छन् । जसमा चन्द्रागिरी हिल्स, बरुण हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त, समाज लघुवित्त, सामुदायिक लघुवित्त र माउन्टेन हाईड्रो नेपालले लगानीकर्ताको हात खाली बनाएका छन् । तर बरुण हाईड्रो र नारायणी डेभलपमेन्ट बैंकले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा लैजाने भएका छन् । उक्त प्रस्ताव पारित भएमा कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने छ ।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले गत आवको मुनाफाबाट ५ प्रतिशत बोनस र ०.६२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १५ गते बुक क्लोज गरेको छ । एनसीसी बैंकले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १२ गते बुक क्लोज गरेको छ । फाइनान्स कम्पनीमा धेरै लाभांश मञ्जुश्रीको रहेको छ । गत आवको नाफाबाट ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १५ गते बुक क्लोज गरेको छ ।

मिथिला लघुवित्तले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १९ गते बुक क्लोज गरेको छ । कृषि विकास बैंकले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस र १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले गत आवको मुनाफाबाट ७.७० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस २२ गते बुक क्लोज गरेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस र ०.५२ प्रतिशत गनद लाभाश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस २२ गते बुक क्लोज गरेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १९ देखि २९ गतेसम्म बुक क्लोज गरेको छ ।

यी कम्पनीहरुले भौतिक उपस्थितीमा नै साधारणसभा गर्न लागेका थिए । तर कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले २५ जना भन्दा बढी जम्मा नहुने निर्देशन जारी गरेसँगै कम्पनीहरुले पनि साधारणसभा भर्चुअल रुपमा गर्ने भएको छ । अन्तिम समयमा सबै कम्पनीले साधारणसभाको मोडालिटी परिवर्तन गरेका छन् ।


क्लिकमान्डु