बैंकहरुले ग्रीनलाइनलाई दिएको ऋणको विवरण राष्ट्र बैंकले माग्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय संकटमा फसेको ग्रीनलाइन सेन्टर प्रालिलाई बैंकहरुले दिएको विवरण मागेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ताका गुणाकर भट्टले ग्रीनलानलाई बैंकहरुले दिएको ऋणको विवरण मागेको जानकारी दिए ।


ग्रीनलाइनका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल भागेपछि बैंकहरुको ५ अर्ब फसेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले हाइपोथेकेसन कर्जा दिएको हुँदा कम्पनीको सोरुममा सूचना टास गरेका छन् ।

कम्पनी र यसका सञ्चालकलाई नेपाल इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंक सहित ५ वटा बैंकले १ अर्ब ऋण दिएको खुलेको छ । ग्लोबल आइएमई बैंकले समेत कम्पनीका सञ्चालकलाई ऋण दिएको छ ।

हाइपोथेकेसन कर्जामा धितो नलिएको हुँदा बैंकको पैसा फस्न सक्ने सम्भावना छ । बैंकहरुले कम्पनी र सञ्चालकको सम्पत्तिबाट समेत कर्जा रकम भने उठाउन सक्छन् ।


क्लिकमान्डु