ज्योति विकास बैंकद्वारा थप ४ वटा अस्पताललाई बेबी वार्मर प्रदान



काठमाडौं । ज्योति विकास बैंकले ४ वटा अस्पताललाई बेबी वार्मर (न्यानो नानी) सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत भिंग्री प्राथमिक स्वास्थ्य केन्द्र (प्युठान) महादेवपुरी स्वास्थ्य चौकी (बाँके) बर्दिया जिल्ला अस्पताल र स्वास्थ्य सेवा कार्यालय (जाजरकोट)लाई उक्त सहयोग गरेको हो ।

राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ । बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो । साथै अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम दिइएको छ ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट स्वर्गद्वारी नगरपालिका भिंग्री, प्युठान स्थित प्राथमिक स्वास्थ्य केन्द्र, राप्ती सोनारी गाउँपालिका वडा नं. ९ बाँके स्थित महादेवपुरी स्वास्थ्य चौकी, गुलरिया नगरपालिका वडा नं. ६ स्थित बर्दिया जिल्ला अस्पताल र भेरी नगरपालिका वडा न. ३ स्थित स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।
बैंकले हाल १०८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।


क्लिकमान्डु