ग्यापुबाट सामान खरिद गरेकी आयुष्मा भट्टले जितिन् अप्रिलिया स्कुटर



काठमाडौं । नेपाली इकमर्स ग्यापु मार्केट प्लेसले सञ्चालन गरेको दशैं(तिहार महोत्सवको बम्पर उपहार अन्तर्गत लक्की ड्रमा आयुष्मा भट्टले स्कुटर जित्न सफल भएकी छिन् ।

भट्टलाई राजधानीस्थित अप्रिलियाको स्कुटरको सोरुममा स्कुटर हस्तान्तरण गरिएको छ ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट ग्यापु डट कम मार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा इ–सेवा, प्रभु पे, फोन पे , सेल पे, आइएमइ पे, खल्ती र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोडमार्फत् भुक्तानी गर्न सक्छन् ।

त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड प्रयोग गरेर भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ ।


क्लिकमान्डु