नाफा बुक गर्दै लगानीकर्ता, कारोबार रकममा सुधार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम भने बढेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि कारोबार रकमले गर्दा लगानीकर्तामा उत्साह भने घटेको छैन । यो दिन लगानीकर्ता नाफा बुक गर्न लाग्दा बजारमा सुधार देखिएको छ । यो साताको सुरुदेखि नै बढेको बजारमा बुधबार भने लगानीकर्ताको ध्यान नाफा बुक तर्फ जाँदा बजारमा केही गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ३०.५१ अंकले घटेर परिसूचक २८०३.६२ बिन्दुमा रोकिएको छ । यो दिन २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ २२.४७, विकास बैंक १२२.५४, फाइनान्स ५७.७६, जलविद्युत ६.८८, जीवन बीमा १८९.९७, माइक्रोफाइनान्स ६१.५६, निर्जीबन बीमा समूहको उपसूचक २६६.४५ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि केही कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करोबारमा कर्पोरेट डेभलपमेन्ट बैंक, निफ्रा, नारायणी डेभलपमेन्ट बैंक, मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा अग्रस्थानमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकको २८ करोड ६९ लाख ९९ हजार ३८५ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु