हिमालयन बैंकका सीइओ राणाको तलब २ करोड १४ लाख



काठमाडौं । हिमालयन बैंकको सीइओ अशोक राणाको तलब १९.५३ प्रतिशतले बढेको छ ।

बैंकले सीइओ राणालाई गत आर्थिक वर्षमा २ करोड १४ लाख ८९ हजार ६९७ रुपैयाँ तलब भत्ता दिएको छ ।

बैंकले सीइओ राणालाई तलब बापत १ करोड ६ लाख २ हजार रुपैयाँ तलब दिएको छ । यस्तै बैंकले राणालाई भत्ता बापत ९५ लाख ४८ हजार दिएको छ । यस्तै मोबाइल खर्च बापत ४ लाख १९ हजार १९१ रुपैयाँ, अन्य विविध विषयमा ९ लाख २० हजार ५०६ रुपैयाँ दिएको छ ।


क्लिकमान्डु