सिद्धार्थ बैंकको सीइओको तलब ३६% ले बढ्यो, लगानीकर्तालाई १५% लाभांश



काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई दिएको तलब भत्ता सुविधा ३६.१० प्रतिशतले बढेको छ ।

बैंकको सीइओको तलब भत्ता तथा अन्य सेवा सुविधा बढेर २ करोड ११ लाख १९ हजार ८३० रुपैयाँ पुगेको छ । अघिल्लो आवमा १ करोड ५५ लाख १७ हजार ५३७ रुपैयाँ रहेको थियो ।

उक्त रकम भित्र सीइओले पाउने दशैं भत्ता, सञ्चय कोषमा जम्मा हुने रकम, विभिन्न खाले भत्ता समावेश गरिएको बैंकले जानकारी गराएको छ ।
उक्त रकम बैंकको तत्कालिन सीइओ शम्भुनाथ गौतमले लिएका हुन् । अहिले गौतमले बैंक छोडिसकेका छन् । साउन २५ गते आफ्नो कार्यकाल पुरा भएपछि उनले बैंक छोडेका छन् । अहिले बैंकको सीइओमा सुन्दर प्रसाद कंडेल सीइओ रहेका छन् ।

बैंकको सीइओको तलब भत्ता ३६.१० प्रतिशतले बढाएको बैंकले लगानीकर्तालाई गत आवको मुनाफाबाट १५ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १४.२५ प्रतिशत र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश रहेको छ ।


क्लिकमान्डु