प्रि-ओपनिङमा ५२ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ५.७४ अंकले बढेर परिसूचक २८३९.८७ बिन्दुमा रोकिएको छ । ४० वटा कम्पनीको ८ हजार १२३ कित्ता सेयर ५२ लाख ४ हजार ७१० रुपैयाँमा किनबेच भएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ ।

बैंकिङ ६.६६, विकास बैंक १.४७, फाइनान्स १२.५८, जीवन बीमा ८१.३२, उत्पादन तथा प्रशोधन १.७७, निर्जीबन बीमा समूहको उपसूचक १७.९१ अंकले बढेको छ ।


क्लिकमान्डु