आज १० वटा कम्पनीको साधारणसभा, आधा दर्जनले लगानीकर्तालाई बनाए निरास



काठमाडौं । आज १० वटा कम्पनीले साधारणसभा बोलाएका छन् । पुस मसान्तमा कम्पनीहरुलाई साधारणसभाको चटारो लाग्ने गरेको छ ।

जसले गर्दा बुधबार मात्रै १० वटा कम्पनीले सभा बोलाएका छन् । सभा बोलाउनेमा जलविद्युत कम्पनी, विकास बैंक तथा माइक्रोफाइनान्स रहेका छन् ।

सभा बोलाएका कम्पनीमध्ये ६ वटा कम्पनीले लगानीकर्ताको हात खाली बनाएका छन् । बाँकी कम्पनीले लाभांश दिने भएका छन् ।
जसमा पञ्चकन्या माई हाईड्रोपावर, न्यादी हाईड्रोपावर, तेह्रथुम पावर कम्पनी, पाँचथर पावर कम्पनी, बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)ले लगानीकर्तालाई हातखाली बनाएका छन् । बाँकी कम्पनीले लाभांश दिनेछन् ।

सभा बोलाएका मध्ये नेपाल हाईड्रो डेभलपरले गत आवको मुनाफाबाट ७ प्रतिशत बोनस र ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभाबाट पारित गर्ने भएको छ । सभाको लागि पुस १३ देखि २८ गतेसम्म बुक क्लोज गरेको छ ।

उन्नती सहकार्य लघुवित्तले गत आवको मुनाफाबाट ३० प्रतिशत बोनस दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १४ गते बुक क्लोज गरेको छ ।

मितेरी डेभलपमेन्ट बैंकले गत आवको मुनाफाबाट लगानीकर्तालाई गत अवको मुनाफाबाट १३.३० प्रतिशत बोनस र ०.७० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस १४ देखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

हिमालयन डिस्ट्रिलरीले १०० प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ७५ र नगद २५ प्रतिशत रहेको छ । सभाको लागि भन्दै पुस १६ गते बुक क्लोज गरेको छ ।


क्लिकमान्डु