किसान सूचीकरणका लागि २३ करोड खर्च, १ लाख २२ हजार सूचीकृत



काठमाडौं । सरकारले कृषक सूचीकरणका लागि २३ करोड रुपैयाँ खर्च गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ र चालु आर्थिक वर्ष २०७८/७९ को पुससम्ममा गरी किसान सूचीकरणका लागि २३ करोड रुपैयाँ खर्च गरेको हो ।

२३ करोड रुपैयाँ खर्च हुँदा सरकारले तयार गरेको प्रणालीमा हालसम्म १ लाख २२ हजार ६० कृषक मात्र कृषक सूचीकृत भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म सरकारले कृषक सूचीकरण कार्यका लागि ४६ करोड रुपैयाँ विनियोजन गरेको मन्त्रालयले जानकारी दिएको छ । विनियोजन गरिएको रकममध्ये आधा खर्च भएको मन्त्रालयले जानकारी दिएको छ ।

गत आर्थिक वर्षदेखि सरकारले किसान सूचीकरण कार्य संचालन गर्न प्रत्येक स्थानीय तहलाई ३ लाख रुपैयाँका दरले रकम विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि सरकारले ३ लाखका दरले उक्त कार्यक्रम सञ्चालन गर्न रकम विनियोजन गरेको छ ।

कृषक सूचीकरण सम्पन्न भए पश्चात तयार हुने कृषक परिचय पत्र नम्बरका आधारमा विभिन्न सेवा÷सअनुदान सुविधाहरु प्रदान हुनेछ ।


क्लिकमान्डु