नेप्सेमा ४३.२९ अंकको वृद्धि, तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट



काठमाडौं । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक ४३.२९ अंकले उकालो लागेर २ हजार ६९२.४७ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१६ अंकले बढेर ५०६.१६ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएकामध्ये १६४ कम्पनीको सेयर उकालो लागे भने २३ कम्पनीको सेयर मूल्यमा गिरावट देखियो । यस्तै ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

कारोबार भएका १३ उपसमूहमध्ये उत्पादन ५.९८ र व्यापार १९.३५ अंकले ओरालो लाग्दा बाँकी ११ उपसमूहको सेयर मूल्य भने उकालो लागे । कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १६ करोड ३७ लाख ६ हजार ६६८ बराबरको कारोबार भयो ।

यस्तै, एनआइसी एशिया बैक १४ करोड ५२लाख १९ हजार १४८, नेशनल माइक्रो फाइनान्स १० करोड ३६ हजार २ ५१, गरिमा विकास बैंक ९ करोड ३३ लाख ५९ हजार ७८७ र हिमालयन डिस्टिलरी ८ करोड ७७ लाख ९४ हजार ५२३ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा छन् ।

नेप्सेका अनुसार नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्यभोटेकोशीको शेयरमा सकारात्मक सर्किट लाग्यो । राष्ट्रिय बीमा कम्पनी ६.७४ र मैलुङ खोला जलविद्युत् परियोजनाको सेयरमा ६.५८ प्रतिशतको वृद्धि भयो ।

यस्तै, एनबिबिएल डिवेञ्चर २०८५, विशाल बजार कम्पनी,हिमालयन बैंकको डिवेञ्चर, एसबिएल डिवेञ्चर र माछापु्ुच्छ्रे बैंकको डिवेञ्चरमा भने सामान्य गिरावट देखिएको छ ।


क्लिकमान्डु