सिभिल बैंकका सीइओको तलब १ करोड १५ लाख, लगानीकर्तालाई ५.२६ % लाभांश



काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिृकत (सीइओ)लाई १ करोड १४ लाख ९१ हजार ८७८ रुपैयाँ तलब भत्ता दिएको छ ।
बैंकले आर्थिक वर्ष २०७७÷०७८ मा सीइओलाई उक्त रकम तलब भत्ता बापत दिएको हो ।
बैंकले तलब स्वरुप ५४ लाख १९ हजार ९७ रुपैयाँ, भत्ता बापत ३० लाख ८७ हजार ४६१ रुपैयाँ, दशैं खर्च भनेर ७ लाख ६७ हजार, सञ्चय कोषमा ५ लाख ४१ हजार ९१० रुपैयाँ र बोनस बापत १७ लाख ७६ हजार ४१० रुपैयाँ दिएको छ ।
हाल बैंकको सीइओमा सुनिल कुमार पोखरेल रहेका छन् । उनलाई असार १८ देखि लागु हुने गरेर सीइओमा नियुक्त गरिएको थियो । त्यसअघि सीइओ गोविन्द गुरुङ सीइओ रहेका थिए ।
बैंकले उक्त आवमा लगानीकर्तालाई ५.२६ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगल लाभांश दिएको छ ।


क्लिकमान्डु