पोखराको फूलबारीमा १२ तलाको अपार्टमेन्ट बन्दै, न्यूनतम मूल्य साढे २ करोड



काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरूले पोखरा केन्द्रित हाउजिङ र अपार्टमेन्ट निर्माण गरिरहेका छन् । विगतको दिनमा उपत्यका मात्रै केन्द्रित रहेको हाउजिङ तथा अपार्टमेन्ट अहिले मोफसलका ठूला शहरहरूमा तीब्र अपार्टमेन्ट र हाउजिङ प्रोजेक्ट अगाडि बढाएका छन् ।

यस्तै, नेपालको प्रमुख पर्यटन क्षेत्र बनेको पोखराको फूलबारीमा नयाँ अपार्टमेन्ट निर्माण गर्ने भएको छ । रियलस्टेट क्षेत्रमा काम गर्दै आएका सद्भावना हाउजिङ डेभलपर्स प्रालिले पोखराको फूलबारीमा सुनगाभा अपार्टमेन्ट निर्माण गर्ने भएको हो ।

कम्पनीका एक कर्मचारीले कम्पनीले कुल ७ रोपनी १० आना क्षेत्रफलमा अपार्टमेन्ट निर्माण गर्ने तयारी भएको बताए ।

उनकाअनुसार कम्पनीले सो क्षेत्रफलमा अन्डरग्राउन्ड २ तल्लासहित १२ तल्लाको अपार्टमेन्ट निर्माण गर्ने भएको छ ।

‘कम्पनीले निर्माण कार्य अगाडि बढाउनका लागि सम्पूर्ण तयारी गरेको छ,’ ती कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘आगामी फेब्रुअरीबाट निर्माण कार्य अगाडि बढाउँछौं ।’

कम्पनीले ७ रोपनी क्षेत्रफलमा करिब ४० प्रतिशत क्षेत्रफल जग्गा खुल्ला क्षेत्रका लागि छुट्टाइएको जनाएको छ । उक्त खाली जग्गाका गार्डेनको व्यवस्था हुनेछ ।

कम्पनीले निर्माण कार्य शुरु भएको साढे २ वर्षभित्रमा अपार्टमेन्ट तयार पार्ने लक्ष्य लिएको छ । जसमा आगामी सन् २०२४ को अन्त्यसम्म अथवा २०२५ को शुरुवातमा निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको दाबी छ ।

कम्पनीले पोखराको फूलबारीका ५२ वटा युनिटको अपार्टमेन्ट निर्माण गर्ने भएको हो । उक्त अपार्टमेन्टमा २ र ३ वटा बेडरुम भएको अपार्टमेन्ट निर्माण गर्ने कम्पनीले जनाएको छ । जसमा अधिकांश ३ वटा बेडरुम भएको भएको अपार्टमेन्ट निर्माण हुनेछ ।

कम्पनीले सो अपार्टमेन्टमा बसोबास गर्न चाहनेका लागि साढे २ करोडदेखि साढे ३ करोड रुपैयाँ मूल्य तोकेको छ ।

कम्पनीले सबैभन्दा सानोभन्ने अपार्टमेन्टक पनि १४ सयदेखि १६ सय स्क्वायरफिटमा निर्माण गर्ने भएको ती कर्मचारीले बताए ।
हालसम्ममा कम्पनीले २३ वटा युनिट बिक्री भइसकेको ती कर्मचारीले जानकारी दिए ।

कम्पनीले सो अपार्टमेन्टमा विभिन्न सेवा सुविधाको व्यवस्था गरेको छ । जसमा जिम हल, स्वीमिङ पुल, २४ घण्टा सिसिक्यामरा र सुरक्षा गार्डलगायत अन्य सेवा सुविधाको व्यवस्था गरेको छ ।


क्लिकमान्डु