नेपाली सेनाले खुलायो २२९ अधिकृत क्याडेटका लागि जागिर



काठमाडौं । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि जागिर खुलाएको छ ।

आइतबार एक विज्ञापन प्रकाशित गरी नेपाली सेनाले खुलातर्फ १२० जना र बाँकी समावेशीतर्फ जागिर खुलाएको छ । समावेशीतर्फ महिला २१, आदिवासी जनजाति ३३, मधेशी २९, दलित १५, पिछडिएको क्षेत्र ५ जनाका लागि जागिर खुलाएको हो ।

न्यूनतम ४ फिट ३ इञ्च उचाइ भएको, छाती नफुल्याउँदा ३२ र फुल्याउँदा ३४ पुग्नुपर्नेछ । साथै कम्तीमा ५० केजी तौल भएको हुनुपर्नेछ ।

इच्छुकले अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् भने पुस १८ गतेदेखि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । साथै, त्यसपछि पनि दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र आवेदन दिन सकिनेछ ।


क्लिकमान्डु