करमा अनुसूची-१० का कारण आय विवरण बुझाउनै समस्या



काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को आयविवरण बुझाउने म्याद यही पौष मसान्तमा सकिँदै छ । यसरी पौष मसान्त नजिकिँदै गर्दा अनुसूची-१० मा आएको समस्याका कारण आय विवरण बुझाउने करदाताहरुका लागि निकै समस्या परिरहेको छ ।

आन्तरिक राजस्व कार्यालयले करदाताहरुले अग्रीमरुपमा बुझाएको कर रकम वा विथहोल्डिङ एजेन्टहरुले अग्रिम करकट्टीगरी बुझाइदिएको कर रकम सम्बन्धित करदाताको अनुसूची १० मा भेरिफाई भएर नआएसम्म कर मिलान गर्न नदिने भएपछि करदाताहरु समस्यामा परेका हुन् ।

विगतमा यस्तो कर रकमलाई सक्कल वा फोटोकपी भौचरका आधारमा सम्बन्धित करदाताको कर रकममा मिलान गर्न पाइने व्यवस्था थियो । तर, यसपाली सम्बन्धित निकायले छुटेको वा आर्थिक वर्ष फरक परेको वा अन्य कारणले सम्बन्धित करदाताको अनुसूची–१० मा नआएका त्यस्ता कर रकमहरु दावी गर्न नदिने अडान लिएको छ ।

यतिखेर करदाताको भेरिफाई नभएको अग्रीम कर कट्टी रकम वा भेरिफाई भएर पनि स्वचालितरुपमा आप्mनो फर्मको अनुसूची १० मा नदेखिएको कर रकम वा इटिडियस नगरी भौचरमार्फत् करदावी गरी पेशभएको आयविवरण सम्बन्धित निकयले बुभ्mन मानेका छैनन् ।

भुलवस त्यस्तो क्लियर नभएको कर रकम दावी गरेर पेश गरेको आयविवरण बुझिहाले पनि अर्को बर्ष झन समस्या पर्न सक्ने भएकोले त्यस्तो कर रकमलाई यसपालीनै मिलाएर दावी गर्नुपर्ने हुन्छ । हालै विभागले स्वचालितरुपमा अनुसूची–१० मा नआएको कर रकमलाई सम्बन्धित कार्यालयमा निवेदन दिई संशोधन गर्न सकिने भनेको छ । त्यसका लागि करदाताले निम्न प्रक्रिया अपनाई कर रकम सच्च्याउनुु पर्नेछ ।

अग्रिम कर कट्टी गर्ने व्यक्ति वा संस्स्था (विथहोल्डिङ एजेन्ट) ले आर्थिक वर्ष २०७७⁄०७८ मा अग्रिम कर कट्टी गरी ईटिडियस रिटर्न पेश गर्दा अवधि फरक पारेको वा दुई अवधि पर्ने गरी एउटै भौचरबाट इटिडियस गरिदिएको वा स्थायी लेखा नम्बर उल्लेख नगरेको वा राजस्व शीर्षक फरक पारेको अवस्थामा सम्बन्धित कर कार्यालयमा निवेदन दिई भेरिफाई भएको इटिडियस भौचर संशोधन गराउनु पर्नेछ ।

यसका लागि इटिडियस गरिदिने व्यक्तिले पहल नगरीदिएमा जजसको इटिडियस रकमहो उनिहरु आफैंले कर बुझाएको कार्यालयमा वा आफू दर्ता भएको कार्यालयमा प्रमाणसहित निवेदन दिएर भौचरमा संशोधन गराई आर्थिक वर्ष सच्चाउने, स्थायी लेखा नम्बर नभए थप गराउने र राजस्व शीर्षक संशोधन गर्नुपरेमा सो समेत एकैपटक संशोधन गराउन सक्नेछन् ।

विथहोल्डिङ एजेन्टले एक वा विभिन्न व्यक्ति वा फर्मको कर एउटै भौचरमा दाखिला गरी सो भौचरमा विथहोल्डिङ एजेन्टले आफ्नै स्थायीलेखा नम्बर उल्लेख गरेको अवस्थामा उक्त रकम कर कट्टी हुने व्यक्ति विथहोल्डि को अनुसूची १० मा समावेश गराउन विथहोल्डिङ एजेन्टले नै ईटिडियस रिटर्न पेश गरिदिनु पर्दछ ।

तर विथहोल्डिङ एजेन्टले उक्त कार्यका लागि पहल नगरीदिएको अवस्थामा विथहोल्डि आफैले आफू दर्ता भएको कार्यालयमा प्रमाणसहित निवेदन दिएर कार्यालय बाट क्रेडिट क्लेम प्रबिष्टी भएपछि मात्र आय विवरण पेश गर्नु पर्दछ ।

अर्कोतर्पm टिडियस भौचरमा विथहोल्डिङ एजेन्टको स्थायी लेखा नम्बर उल्लेख नगरी नाममात्र उल्लेख गरी कर बुझाएको हकमा सो राजस्व भौचरको आधारमा अग्रिम कर कट्टी हुने व्यक्ति विथहोल्डि आफैंले अग्रिम कर कट्टी गर्ने व्यक्तिको स्थायी लेखा नम्बर उल्लेख नगरी नाम मात्र उल्लेख गरी ईटिडियस विवरण भरी आफु दर्ता भएको आन्तरिक राजस्व कार्यालयबाट रुजु गराउनु पर्ने हुन्छ ।

तर, आय विवरण बुझाउने समय नजिकीदै गर्दा समेत करदाताले पेश गरेको निवेदन उपर सम्बन्धित कर कार्यालयहरुले बेवास्ता गरीराखेका छन् । आन्तरिक राजस्व विभागको सार्वजनिक परिपत्रको बेवास्ता गर्दै भौचर संशोधन गर्नको लागि करदाताले दिएको निबेदन उपर सम्बन्धित कर कार्यालयहरुले सुनुवाई नगरेको करदाताहरु बताउँछन् ।


क्लिकमान्डु