कम्युनिष्टले जथाभावी बोलेर सेयर लगानीकर्ता तर्साए, राष्ट्र बैंकले ४/१२ को सीमा तोक्नु गलतः पूर्वगभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जीवी नेपालले राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षितरुपमा विकास हुन नसेकेको बताएका छन् ।

उनले नेपाली शेयर बजार राज्य सञ्चालन गर्ने माथिल्लो तहको प्राथमिकता नपरेकाले सुरक्षित रुपमा विकास हुन नसेकेको बताएका हुन् ।

७ वर्षअघि जुन गतिमा शेयर बजारको विकास र विस्तारको लागि परिर्वतन भएको थियो, त्यसपछि कुनै परिर्वतन नभएको उनको भनाइ छ । उनले लामो समयदेखि पुँजी बजारको विकासका लागि नियमावली ल्याउने तयारी भए पनि अहिलेसम्म ल्याउन नसक्नु शेयर लगानीकर्ताको लागि राम्रो नभएको बताए ।

बजारमा सुधार हुन नसक्नु शेयर बजारमा बदमासी गर्नेहरुलाई कारबाही गर्ने कानुन नहुनु रहेको डा। नेपालको भनाइ छ ।

उनले पछिल्लो समय नेपालमा सामाजवादी तथा प्रगतिशिल विचार भएका राजनीतिक दलका नेता सरकारका मन्त्री भए पनि शेयर बजारलाई जुवा घर, अनउत्पादन क्षेत्र र सम्राराज्यवादको विस्तारित रुपजस्ता विचारले बजार विकास हुन नसकेको बताए । उनले शेयर बजार एकदमै सम्वेदनशिल क्षेत्र भएकाले माथिल्लो तहमा बसेका व्यक्तिहरुले शेयर बजारको विषयमा बोल्नु पर्ने जरुरी नभएको बताए ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले मोद्रिक नीतिमार्फत् शेयर बजारलाई सहयोग नगरेको भने पनि राष्ट्र बैंक सँधै बजारप्रति सकारात्मक रहेको पनि बताए । पूर्वगभर्नर नेपालले मौद्रिक नीतिमा ४/१२ करोडको सीमा तोक्ने समय गलत भएको बताए । अब नेप्सेलाई सरकारले निजी साझेदारीकारुपमा अगाडि बढाएर विकास र विस्तार गर्नु पर्ने समय आएको उल्लेख गरे ।

पूर्वगभर्नर डा. नेपालको भनाइ जस्ताको त्यस्तै

शेयर बजारको विकास जुन गतिमा हुनु पर्ने भएको छैन । जतिबेला म धितो बोर्डको अध्यक्ष भएको बेला मैले जे गरेँ त्यसपछि खासै केही भएको छैन । जुन बेला मैले सेमीअटोमेशन ल्याएको थिएँ । त्यसपछि शेयर बजार सुधारका लागि शेयर नियमावली परिमार्जन गरेर ल्याउनु पर्ने थियो त्योसमेत ल्याउन सकिएको छैन । पहिला-पहिला नागरिताको फोटोकपी बनाएर बोरा बोरामा पैसा बेकेर शेयरमा लगानी गर्ने गरिन्थियो । यस्तो व्यवस्था हटाएर मैले सबै बैंकमा खाता खोलेर बैंकिङ प्रणालीमार्फत् कारोबार शुरु गर्ने काम गरेको थिएँ ।

तर, त्यसपछि जुन गतिमा शेयर बजारको विकास हुनुपर्ने हो, त्यो भएको छैन । बजारमा नयाँ-नयाँ लगानीकर्ता प्रवेश गरे । तर, लगानीकर्ता बजारमा प्रवेश गरे पनि बजार सुरक्षित तवरले अगाडि बढ्न सकेको छैन । सुरक्षित तवरले अगाडि बढ्नको लागि विश्वमा शेयर बजारमा भएका नयाँनयाँ सफ्टवयर देखि लिएर नियम कानुनसमेत नेपालमा पनि ल्याउनु पर्छ ।

शेयर बजारमा बैंक तथा वित्तीय संस्था संस्थाले नराम्रो काम गरे कारवाही हुन्छ । शेयर बजारमा बदमासी गर्नेलाई अहिलेसम्म कुनै कारवाही भएको छैन । यो विषयमा सबैलाई थाहा छ । बदमासी गर्दा कारबाही पनि नहुने त्यसले गर्दा शेयर बजारको राम्रोसँग विस्तार विकास हुन सकेको छैन । शेयर बजारको नियामक निकाय धितोपत्र बोर्डको आफ्नै भवन छैन । १० स्थानबाट कार्यालयको काम गरेर हिँडेको छ । यो स्थितीमा शेयर बजारको प्रमुख नै छैन । ४५ खर्बको बजार ४५ लाख लगानीकर्ता समावेश भएको ठाँउमा ४ महिनासम्म प्रमुख नहुँदा कस्तो असर पर्छ । शेयर बजार सबैभन्दा धेरै आर्थिक क्रियाकलाप हुने क्षेत्रमा कसैको ध्यान गएको जस्तो लाग्दैन । त्यसैले ३२ सय अंकमा पुगेको नेप्से अहिले घटेर २३ सयको हाराहारीमा पुग्यो । ३२ देखि ३३ अर्बको मात्रै कारोबार भएको छ । त्यसले गर्दा हाम्रो देशमा प्रमुख मानिने राजनीतिक दलका प्रमुख नेतृत्व नै शेयर बजारको विषयमा गलत प्रचार गर्दछन् । जहाँ साम्मेवादी र प्रगतिशित विचार भएका मन्त्रीहरु कसैले शेयर बजार जुवा घर हो भन्ने कसैले अनउत्पादन क्षेत्र भन्ने गरेका छन् । यसरी माथिल्लो तहका देश सञ्चालन गर्ने व्यक्तिहरुले बेलाबेलामा दिएका अभिव्यक्तिले सम्बेदनशिल शेयर बजार असर परेको छ ।

शेयर बजार सम्बेदशिल क्षेत्र भएकाले सानो चिजले पनि लगानीकर्तामा असर गर्ने गरेको छ । लगानीकर्ता अत्तिरहेका पनि हुन्छन भने हैसिएका पनि हुन्छन् । त्यसैले शेयर बजारका विषयमा माथिल्लो तहमा बसेका देश सञ्चालन गर्ने व्यक्तिहरुले बोल्दै नबोल्दिए राम्रो हुन्छ । उहाँहरुले बोल्नु पर्ने जरुरी पनि रहेको हुँदैन । शेयर लगानीकर्ताहरुले भने जस्तो राष्ट्र बैंकले शयेर बजारलाई अवहेलना गरेको छैन । बैंकले अवहेलना नभई राष्ट्र बैंकले पुँजी वृद्धि गरेकाले नै अहिलेको अवस्थामा पुगेको हो । १८ सयसम्म पँुजी वृद्धिले पु¥याएको छ । पहिलो ७ सयको इन्डेक्स रहेको थियो । यहाँ पुग्ने अवस्था थिएन । पुँजी वृद्धि नभएको भए १५ सयको हाराहारीमा बजार रहने थियो । राष्ट्र बैंकले शेयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र हेर्ने हो । तर, पनि शेयर बजारलाई सर्पोट गरेको छ । अहिले पनि गरेको छ । तर, कहिले कहिले राष्ट्र बैंकले लिएको नीतिले असर पर्छ । राष्ट्र बैंकले आर्थिक वर्षको मौद्रिक नीतीमा तुरुन्त ४र१२को सिमा नल्याएको भए हुने थियो ।

तर, ल्याउँदा केही असर पर्यो । जहाँसम्म बैंकले बजारमा बढी पैसा जान्छ कि भन्ने लागेर हुन सक्छ । बजार बढी रहेको थियो राष्ट्र बैंकले विस्तारै थाहा नपाउने तरिकाले गर्नु पर्ने थियो । तर, त्यस्तो भएन यसमा शेयर लगानीकर्ता राष्ट्र बैंक प्रति दुखि छन्। नेपाली शेयर बजारले अन्तराष्ट्रिय बजारमा सन्देश राम्रो दिँदैन । अरु देशमा शेयर बजारको मान्यता दिएर नीति निर्माता देखि लिएर सबैले हेरेको हुन्छ । तर, नेपालमा नीति निर्माताले शेयर बजारलाई त्यति महत्व नदिएको अवस्था हो । जो कोही सरकारमा गए पनि शेयर बजारलाई ध्यान दिने गरिएको छैन ।

मुलुकको अर्थतन्त्रमा आर्थिक वृद्धि गर्नेको लागि पनि महत्वपूर्ण योगदान रहेको छ । यसले छरिएर रहेको पुँजीलाई जम्मा गर्ने र कम्पनीको शेयर जनतालाई दिएर कम्पनीमाथि जनतालाई पनि जिम्मेवारी बनाएको छ । देशभरी छरिएर रहेको पुँजीलाई संकलन गरेर उद्योग पति व्यापारीहरुले व्यापार व्यवसाय विस्तार गर्ने शेयर बजारको संसार भएर नै उपयोग गर्ने गरेका छन् ।

हाम्रो जस्तो देशमा पैसा बचत गरेर उद्योग व्यवसाय सञ्चालन गर्ने स्थापित गर्ने अत्यन्त उपयोगी संस्था शेयर बजार हो । यसबाट नै रोजगारी वृद्धि समेत गरेर देशको आर्थिक विकासमा सहयोग पु¥याएको छ । मुलुकको जिडिपीमा समेत ठूलो योगदान रहेको छ । जीडिपीभन्दा बढीको कारोबारमात्रै गर्दछ । सुधारको लागि नयाँनयाँ सफ्टवयरहरु ल्याउने र नीजि साझेदारीको रुपमा नेप्सेलाई अगाडि लग्दा राम्रो हुन्छ । विश्वमै शेयर बजार अन्तर्राष्ट्रियरुपमा छरिएर रहेको पैसा बचत गरेर उद्योग व्यवसाय स्थापित गर्ने अत्यन्त उपयोगी संस्था हो ।


क्लिकमान्डु