एमसीसीमा कहाँ छ राष्ट्रघात देखाइदिनुपर्यो ? सित्तैमा पैसा दिन्छु भन्दा पनि चाहिँदैन भन्ने ?: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री तष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको दावी गरेका छन् ।

काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती नभएको प्रष्ट पारे ।

‘एमसीसी राष्ट्रघाती छ भन्छन् तर राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुपर्‍यो नि कहाँ एमसीसीमा राष्ट्रघात छ ? मैले त कहीं पबन राष्ट्रघात देखेको छैन, म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलाफमा जाउँला ? म किन राष्ट्रघात गरौंला ?’ उनले भने, ‘वर्ल्ड बैंक, एडीबीबाट हामी ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसीसी सित्तैमा आएको छ, नेपालको कानून मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुपर्‍यो क्या ।’

एमसीसीबारे सत्तारुढ दलहरुबीच छलफल भइरहेको उनले जानकारी दिए ।

‘प्रचण्डजीहरु, अरु नेताहरुसँग छलफल गरिरहेका छौं, एमसीसी नेपालको हितमा छ, हामी ब्याक छलफल गरेर पास गराउँछौं,’ उनले भने ‘सित्तैं आएको पैसा हो यो । सित्तैं आएको पैसा कसैले चाहिन्न भन्छ ?’


क्लिकमान्डु