जनवरी र फेब्रअरीसम्ममा नेपाली कामदार इजरायल उड्ने



काठमाडौं । जनवरी र फेब्रअरीसम्ममा नेपाली कामदार इजरायल उड्ने भएको छ । सरकारले गत वर्ष जीटुजीमार्फत् रोजगारीका लागि इजरायल लैजाने सम्झौता भएको थियो । सोहीअनुसार प्रक्रिया अगाडि बढेर आगामी जनवरी र फेब्रअरीसम्ममा नेपाली कामदार इजरायल उड्ने भएको हो ।

इजरायल सरकारले विभिन्न क्षेत्रमा कामदार लैजाने प्रतिबद्धता जनाएपनि पहिलो चरणमा केयर गिभरमा कामदार लैजाने भएको छ । पहिलो चरणमा केयर गिभर कामदार लैजाने भन्दै नेपाल सरकारले सम्पूर्ण प्रक्रिया पूरा गरी ११ सय ७५ जना परीक्षामा उत्तीर्ण भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले उत्तीर्ण सम्पूर्ण नेपाली परीक्षार्थीलाई इजरायल पठाउनका लागि सिधा उडान भर्न हवाई कम्पनीलाई प्रस्ताव पेश गर्न गरेको छ ।

विभागले पुस ९ गते सुचना जारी गर्दै नेपाल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पदमा कार्य गर्न अनुमति प्राप्तगर्ने प्रक्रियामा रहेका ११ सय ७५ जना नेपाली कामदारहरूलाई इजरायल पु¥याउनका लागि प्रस्ताव पेश गनृ आग्रह गरेको हो ।

‘इजरायलको विमानस्थलसम्म विभिन्न मितिहरूमा कामदार स्वयंमको खर्चमा सिधा उडान र एकल ट्रान्जिक्ट उडानमार्फत् यात्रा गर्दा प्रति कामदार के कति हवाई भाडा (कर सहित) तिर्नु पर्ने हो ? सो को छुट्टा–छुट्र्ट रुपमा भाडादर र उडान तालिका योजनासहितको सिलबन्दी प्रस्ताव पेश गर्न सूचना प्रकाशन गरेको हो,’ विभागको सूचनामा उल्लेख छ ।

जसमा विभागले पुस १५ गतेसम्ममा विभागको प्रशासनन शाखामा पेश गर्न हवाई कम्पनीहरूलाई आग्रह गरेको छ ।

सरकारले इजरायल रोजगारीमा जाने कामदारका लागि कमर्सियल फ्लाइटमा लैजाने भएको छ । उक्त फ्लाइटका कम्तिमा १ सय जना कामदार लैजानुपर्नेछ ।


क्लिकमान्डु