भारतीय सेयर बजार १००० अंकले घट्यो



एजेन्सी । कोरोनाको नयाँ लहर फैलन थालेपछि त्यसको प्रभाव भारतीय सेयर बजारमा देखिएको छ ।


कोरोनाको नयाँ भेरियन्ट ओमिक्रनका कारण यूरोपलगायतका देशहरुमा कडा लडकउन घोषणा गरिएपछि त्यसको प्रभाव भारतीय सेयर बजारमा परेको हो ।
सोमबार बजार खुल्नासाथ सेन्सेक्स १ हजार अंकले ओरालो लागेको छ । यस्तै निफ्टीमा पनि ५० अंकको गिरावट देखिएको छ ।


विश्व बजारमा ओमिक्रनको कारण बढ्दै गएको चिन्ताका कारण कम कारोबार हुँदा भारतीय बजारमा त्यसले प्रभाव पारेको हो । ओमिक्रनको कारण यूरोपमा कडा प्रकारको प्रतिबन्ध लगाइएको छ । सोही कारण विश्व अर्थतन्त्रमा समेत प्रभाव पारेको बीबीसी हिन्दीले जनाएको छ ।

सोही कारण एशियाली सेयर बजारमा समेत लगातार ओरालो लागेको छ । सेयर बजार ओरालो लाग्दा विश्व अर्थतन्त्रमा समेत नयाँ खालको संकट देखा पर्ने अनुमान सार्वजनिक भएको छ ।

सोही कारण सबैभन्दा बढी घाटामा बजाज फाइनान्स परेको छ । सो कम्पनी सेयर मूल्यमा ४ प्रतिशतले गिरावट आएको छ ।

यस्तै, टाटा स्टील, एसबीआई, एनटिपीसी, एमएंडएम र एचडीएफसी बैंकको समेत सेयर मूल्यमा उच्च अंकले गिरावट आएको छ । सोमबार बजार खुल्ने बित्तिकै बजारमा नकारात्मक प्रभाव देखिएको छ ।

ओमिक्रनका कारण हङ्कङ स्टक एक्सचेञ्ज, सांघाई स्टक एक्सचेञ्जमा समेत प्रभाव परेको छ । कोरोनाको नयाँ भेरियन्टले विश्वव्यापी रुपमा कस्तो प्रभाव पार्ला भन्ने विषयमा स्पष्ट दिशा नलिएकाले पनि सेयर बजार प्रभावित भएको हो ।


क्लिकमान्डु