शशांक कोइरालाले खुल्ला तर्फ सबैभन्दा बढी मत ल्याए, गणेश लामाले जित्दा अरुको कति मत ?



काठमाडौं । नेपाली कांग्रेसको खुल्ला तर्फ ३५ जना केन्द्रिय सदस्यको मतगणना सकिएको छ । खुल्ला तर्फ केन्द्रिय सदस्यमा डा शशांक कोइरालाले सबैभन्दा बढी मत ३८३६ मत ल्याए । उनी सभापतिका सबै उम्मेद्वारको प्यानलमा थिए ।

यस्तै दोस्रोमा एनपी साउद २९३७ मत ल्याएर विजयी भए । कांग्रेसको केन्द्रिय समितिमा यो पटक २ जना ठेकेदार आएका छन् ।

जिपछिरिङ लामा र मोहन आचार्य खुल्ला तर्फ केन्द्रिय सदस्य जिते । यस्तै राप्रपाबाट आएका सुनिल थापाले पनि केन्द्रिय सदस्यको चुनाव जिते । उनी पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा हुन् । यस्तै गुण्डा नाइकेको परिचय बनाएका गणेश लामाले समेत निर्वाचन जितेका छन् ।

पत्रकारिता छाडेर राजनीतिमा सक्रिय हुन गएका अजयबाबु शिवाकोटीले पनि केन्द्रिय सदस्य जितेका छन् । योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्द पोखरेलले पनि चुनाव जितेका छन् ।


क्लिकमान्डु