कर्पोरेट जगतले निम्त्याएको प्लास्टिकजन्य प्रदुषण, किन बन्दैछ जटिल ?



एजेन्सी । विगत २ वर्षमा ‘रि-सोर्स प्लास्टिक’को सदस्य कोका-कोला र पीएन्डजी जस्ता ५ ठूला कम्पनीहरुले प्लास्टिकजन्य पदार्थ प्रयोग र उत्पादनमा आधा कम गरेका छन् ।

प्लास्टिकजन्य फोहोर समाधन गर्न र प्लाष्टिकजन्य पदार्थको रिसाइकल गर्न हाल आवश्यक पूर्वाधारको कमी नै चुनौती रहेको विश्व वन्यजन्तु कोष (डब्ल्युडब्ल्युएफ)को प्रतिवेदनमा उल्लेख छ ।

विश्व वन्यजन्तु कोषको नयाँ प्रतिवेदनले आफ्नो ‘रि-सोर्स प्लास्टिक’ कार्यक्रमको मुख्य सदस्यहरु दि कोका–कोला कम्पनी, केउरिग डिआरपेपर, म्याक डोनाल्ड्स कर्पोरेशन, पी एन्ड जी र स्टारबक्सले २०१८ र २०२० को बीचमा आफ्नो प्लास्टिक प्रयोगमा ५७ प्रतिशत कटौती गरेको जनाएका छन् ।

पुनः प्रयोग गर्न नसकिने अथवा हार्ड-टु-रिसाइकल साना-साना सामानहरु जस्तै स्ट्र, प्लास्टिकका भाँडा-कुँडाहरु, भिनाइल र कडा फोमजस्ता सामानहरुको प्रयोगमा कटौती गरेर कुल ७१,००० मेट्रिक टन कम फोहोर उत्पादन भएको प्रतिवेदनमा उल्लेख छ ।

प्लास्टिकजन्य पदार्थको उत्पादन र प्रयोगमा कमी आउनुलाई ‘रि-सोर्स प्लास्टिकको दोश्रो वार्षिक प्रतिवेदनः ट्रान्स्परेन्ट २०२१’ मा प्रकाशित प्रोग्रेसको मुख्य उपलब्धिको रुपमा हेरिएको छ । डब्ल्युडब्ल्युएफद्वारा २०१९ मा शुरु गरिएको यो कार्यक्रम प्लास्टिकजन्य प्रदुषणमा कर्पोरेट प्रभावको मात्रा निर्धारण गर्ने र लाखौं टन प्लास्टिकको फोहोरलाई रोक्न कम्पनीले निर्वाह गरेका भूमिकाहरु समेट्ने गर्नेे प्रयास रहेको छ ।

दि ट्रान्स्परेन्टको रिपोर्टिङले कसरी हरेक वर्ष प्लास्टिकको फुटप्रिन्टहरू परिवर्तन भइरहेका छन् भनेर प्रोग्रेस् ‘ट्रयाक’ गर्ने र प्लास्टिकजन्य उत्पादनमा कर्पोरेट संलग्नतामा डब्ल्युडब्ल्युएफले संवेदनशिल ठह¥याएको तीन क्षेत्रहरुमा प्राथमिकताअनुसार काम अगाडि बढाउन सुझाव दिएको छ ।

ती सुझाबहरुमा अनावश्यक प्लास्टिक प्रयोग नगर्ने, आवश्यक प्लास्टिकहरु दिगो तरिकाले उत्पादन गर्ने र यस्ता प्लास्टिकहरुको रिसाइक्लिङ दोब्बर बनाउने रहेका छन् ।

डब्ल्युडब्ल्युएफको प्राइभेट सेक्टर इनगेजमेन्टको सिनियर भाईस प्रेजिडेन्ट शिला बोनिनीले भनिन्, ‘केही समयता व्यवसायहरुले प्लास्टिकजन्य प्रदुषणले निम्त्याएको समस्याको बारेमा कुरा गर्दै आएका छन् जुन अपरिहार्य नै थियो तर अब हामीले प्रश्न गर्ने बेला आएको छ, तपाईंहरुले के गर्नुभएको छ र यसले केही परिवर्तन ल्याएको छ कि छैन ?’

कोका–कोला कम्पनीको सिनियर भाईस प्रेजिडेन्ट र कम्युनिकेसन्स्, सस्टेनेबिलिटी र स्ट्राटेजिक पार्ट्नरशिप्स् चिफ अफिसर बी पेरेजले भने, ‘डब्ल्युडब्ल्युएफको ट्रान्स्परेन्ट २०२१ रिपोर्टमा देखाइएको प्रोग्रेसले महत्वाकांक्षी र सामूहिक कार्यको निरन्तरताको आवश्यकता देखाउँछ । जब हामी मिलेर काम गर्छौं, हामी सर्कुलर अर्थतन्त्रलाई अगाडि बढाउन र प्लास्टिकजन्य फोहोर घटाउन अर्थपूर्ण कदमहरू चाल्न सक्छौं ।’

ट्रान्स्परेन्ट २०२१ को रिपोर्टको मुख्य निष्कर्षहरुः

केही क्षेत्रमा आशाजनक प्रगति, विशेषगरी अनावश्यक प्लास्टिकको प्रयोग कम गर्ने विषयमा रहेको छ । पुनः प्रयोगको क्षेत्रमा प्रगती देखिएपनि चुनौती रहेको छ ।

एकचोटि मात्र प्रयोग गर्न मिल्ने सामानहरुको मागलाई कम गर्ने प्रयास देखिएको छ । धेरै कम्पनीहरुले रिसाइक्लिङ प्लान्टहरु प्रयोग र र विस्तार गर्न शुरु गरेका छन् । साथै उनीहरु वातावरणीय र सामाजिक रूपमा जिम्मेवार रिसाइक्लिङ सिस्टमहरु विकास गर्न कन्ज्युमर्स बियोन्ड वेस्ट कार्यक्रममा पनि सहभागि छन् ।

१० वर्षमा थप ६९३ मिलियन पाउन्ड पीइटी रिसाइकल सामग्री उपलब्ध गराउने

दि ट्रान्स्परेन्टले कुनै पनि कर्पोरेट स्थायित्व यात्राको लागि एक महत्वपूर्ण भुमिका खेलेको छ । यसले प्लास्टिकको फोहोर संकटको लागि कर्पोरेट संस्थाहरुले प्लास्टिक प्रदूषणमा कहाँ र कसरी सबैभन्दा बढी प्रभाव पार्न सक्छ भनेर प्रकाश पार्छ ।

यस्ता ठूला कर्पोरेट सदस्यहरू लगानी गर्न प्रतिबद्ध छन् र प्लास्टिक फोहोर समाधानको लागि वकालत गरिरहेका छन । जसले हाल रिसाइकिलिंग प्रगतिमा बाधा पुर्याउने धेरै प्रणालीगत समस्याहरू समाधान गर्न मद्दत गर्दछ ।

रिसाइकिलिंगमा साझेदारीको नेतृत्वमा एउटा नयाँ पोलीप्रोपीलेन रिसाइक्लिङ्ग कौलिसन, रिसाइक्लिङ्ग गठबन्धनले केही संशोधन सदस्यहरूसँग सह–संस्थापक वा सदस्यहरूको रूपमा स्थापित भएको थियो । जसले संयुक्त राज्य अमेरिकामा रिसाइक्लिङ गठबन्धनले लगभग ६ प्रतिशत रिसाइक्लिंगको पहुँच बढाउन १३ वटा रिसाइक्लिंगको सुविधाहरूलाई अनुदान प्रदान गरिसकेको छ ।

अमेरिकी बेभरेज एसोसिएसन, एक रिसोर्स कार्यान्वयन साझेदारले पनि पीइटी रिसाइक्लिङको आधुनिकीकरण गर्न १२.५ मिलियन अमेरिकन डलरको प्रतिबद्धता जनाएको छ । यो प्रतिबद्धताले अर्को १० वर्षमा थप ६९३ मिलियन पाउन्ड पीइटी रिसाइकल सामग्री उपलब्ध गराउने अनुमान गरिएको छ ।


क्लिकमान्डु