तरलता सहज बनाउन काम गर्दै छौः डेपुटी गर्भनर ढुंगाना



काठमाडौं । बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव चर्किरहेको बेला नियामक निकाय नेपाल राष्ट्र बैंकले यसको सहज आपूर्तिको लागि विभिन्न उपाय अपनाइरहेको बताएको छ ।

नेपाल राष्ट्र बैंक बरिष्ठ डेपुटी गर्भनर निलम ढुंगानाले विभिन्न कारणले तरलता अभाव भएको भन्दै यसको समाधानको लागि विभिन्न काम गरिरहेको बताएकी छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नव उत्थान सम्मेलनमा बोल्दै ढुंगानाले तरलता अभावको सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले गर्नुपर्ने कामहरु गरिरहेको बताइन् ।

उनले कर्जाको माग र निक्षेपमा असन्तुलन हुँदा तरलता अभाव भएको बताइन । पछिल्लो समय वस्तु आयात उच्च हुनु, रेमिट्यान्समा कमी हुनु, सरकारी खर्च नहुनुलगायतका कारणले तरलता अभाव रहेको बताइन ।


क्लिकमान्डु