महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन



काठमाडौं । महालक्ष्मी विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ ।

बैंककोे सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । धुम्रबराह माध्यामीक विद्यालयमा संचालित शिविरमा कोभिड एन्टीजेन, रक्तचाप र सुगरको निस्शुल्क परिक्षण गरिएको छ । निःशुल्क स्वास्थ्य शिविरमा करिव १०० जना सहभागी भएका छन् ।

विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागीे केही प्रयास र समयमै रोगबारे जानकारी होस भनेर उक्त शिविर गरेको सुकेधारा शाखाका शाखा प्रबन्धक कुमार अधिकारीले बताए । आगामी दिनमा सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।

बैंकले प्रदेश–१ मा ५, प्रदेश–२ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई सेवा दिइरहेको जनाएको छ ।


क्लिकमान्डु