विकास बैंक र फाइनान्स कम्पनीलाई एउटै विभागले नियमन गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई एउटै विभागले नियमन गर्ने भएको छ । केन्द्रिय बैंकले अहिले विकास बैंक र फाइनान्स कम्पनीलाई छुट्टाछुट्टै विभागद्धारा नियमन गर्दै आएको छ ।

सो व्यवस्थालाई परिवर्तन गर्दै एउटै विभागद्धारा नियमन गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

केन्दि«य बैंकले विकास बैंक र फाइनान्स कम्पनीको संख्या घट्दै गएको अवस्थामा यी दुवैलाई नियमन गर्ने विभागलाई मर्ज गर्दै एउटै विभागद्धारा नियमन गर्न लागेको हो ।

तर, जसका लागि सर्भे भइनसकेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिए ।

मर्ज गरेर एउटै विभागले हेर्ने भन्ने विषयले भने ओएनएम सर्भेपछि मात्रै पूर्णता पाउने उनले बताए । सर्भेको काम भइसकेपछि भने कार्यान्वयनमा आइहाल्ने पोखरेलको भनाइ छ ।

उनले अन्य केही संरचना समेत परिवर्तन खोजेको जानकारी दिए ।

‘हामीले केही हाम्रा संरचनाहरुलाई समेत परिवर्तन गर्न खोज्दै छौँ, केही महाशाखाहरु थपिने कुराहरु पनि छ,’ राष्ट्र बैंकका सहप्रवक्ता नारायण प्रसाद पोखरेलले क्लिमाण्डूसँग भने, ‘मर्ज गरेर एउटै विभागले हेर्ने भन्ने कुरा ओएनएम सर्भे रिपोर्ट आएपछि कार्यान्वयनमा आउँछ । रिपोर्ट आएपछि नेपाल राष्ट्र बैंकको बोर्डले स्वीकृत गर्छ र बल्ल लागू हुने हो ।’

सरकारी निकायहरुमा संरचना परिवर्तन गर्दा यसले के परिवर्तन गर्छ भन्ने कामका लागि ओएनएम सर्भे गरिने उनले जानकारी दिए । उक्त सर्भेले यो कसरी प्रभावकारी हुन्छ भन्ने कुरा समेत देखाउने उनले बताए ।

गर्भनर महाप्रसाद अधिकारीले एक कार्यक्रममा निरीक्षण, अनुगमन पर्याप्त नभइरहेको हुनाले विकास बैंक र फाइनान्स कम्पनीलाई मर्ज गर्दै नियमन गर्ने काम अघिबढाएको बताएका थिए ।

‘संगठनहरु अलिकति पुरानो किसिमको छ । जसले यस पालिको कार्यक्रम नै अलिकति बृहत्तर ओएनएम गर्ने शिलशिलामा गईरहेका छौँ । त्यसभन्दा अगाडी नै केही कामको शुरुवात गरेका छौँ,’ गर्भनर अधिकारीले बताएका थिए, ‘साना हुँदै गएका हाम्रा दुई वटा संस्थाहरु घटेर विकास बैंक र फाइनान्स कम्पनीलाई मर्ज गर्ने ।’

राष्ट्र बैंकको स्कोपले अझै नओगटिरहेको क्षेत्रहरु विदेशी मुद«ा कारोबार गर्ने, पेमेन्टको काम गर्नेहरुको निरीक्षण अनुगमन पर्याप्त नभएको हुनाले नियमन गर्ने गरी नयाँ विभाग गठन गर्ने काम समेत भइरहेको उनले बताएका थिए ।


बिजया बास्कोटा