बंकरसहितको प्रधानमन्त्री निवास निर्माणको काम अन्तिम चरणमा, ८५% भौतिक प्रगति



काठमाडौं । सरकारले प्रधानमन्त्री निवासको निर्माण कार्य समयमै सम्पन्न गर्ने तयारी गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागका विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले प्रधानमन्त्री निवासको कार्य समयमै सम्पन्न गर्ने तयारी गरेको हो ।

सरकारले २०७६ साल भदौ १५ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी कन्टेक प्रालिसँग सम्झौता भएको थियो । सो भवनको ३३ करोड ८० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको छ ।

हालसम्ममा उक्त निवासको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भएको छ । कोरोना महामारीले गर्दा निर्माण कार्य धकेलिए पनि अन्य भवनको तुलनामा उल्लेख्य भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । कार्यालयका सुचना अधिकारी अनुसार देवेन्द्र देव खनालले कोरोनाका कारण काम निकै धकेलिएको थियो । जसमा सरकारले ६ महिना थप गरेको छ । उक्त समयअवधिमा सो भवनको निर्माण कार्य सम्पन्न हुने बताए ।

सो प्रधानमन्त्री सरकारी आवास निर्माणमा हालसम्ममा समष्टिगत भौतिक प्रग ि८५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । विभागकाअनुसार प्रधानमन्त्री निजी ब्लकको एमईपीको ८५ प्रतिशत कार्य, एचभीएसी र फल्स सेलिङको कार्य ९८ प्रतिशत कार्य सम्पन्न भएको छ । जसमा तल्लाहरूको ७५ प्रतिशत र लिफ्ट इन्स्टलिङको कार्य सम्पन्न भएको छ ।

त्यस्तै, कार्भड् वुडन थामको ९५ प्रतिशत, डोर सुटरको ८५ प्रतिशत, अल्मुनियम र ग्लासको ७५ प्रतिशत, ल्यान्ड स्केपिङको ६५ प्रतिशत, वाल पुटिङ र पेन्टिङको ७० प्रतिशत, दाची ब्रिक र वाटर प्रुफिङको कार्य सम्पन्न भएको छ ।

त्यसैगरी, सार्वजनिक ब्लकको भने दाची ब्रिकको कार्य ८० प्रतिशत, एचभीएसीको ७५ प्रतिशत, इलेक्ट्रिकदको ५० प्रतिशत, प्लम्बिङको ५० प्रतिशत सिभिल स्ट्रक्चरको र सिभिल स्ट्रक्चरको कार्य सम्पन्न गरेको छ । त्यसैगरी, फायर फाइटिङको ९० प्रतिशत, एक्पान्सन जोइन्टको ५० प्रतिशत, सर्फेस प्रिपेरेसनको फर फ्लोरिङको ८० प्रतिशत, आइपीएसको कार्य १० प्रतिशत, काठको ९० प्रतिशत, कोर्टयार्डमा ट्रस स्टलिङ र रुफ टायल, वाटर प्रुफ मेम्ब्रेनको कार्य सम्पन्न भएको विभागले जनाएको छ ।

सरकारले करिब ५ रोपनी क्षेत्रफलमा प्रधानमन्त्रीको पारिवारका लागि आवास र आगन्तुकसँग भेटघाट गर्न सार्वजनिक भवनको निर्माण कार्य धमाधम गरिरहेका छन् ।

साथै, सार्वजनिक भवनमा मिनी क्याबिनेट चलाउन मिल्ने हल, बैंक्वेट हल र प्रेस रहनेछन् । उक्त दुवै तीन तले भवन हुनेछ । साथै सो आवासमा भने बंकर पनि बन्नेछ ।


क्लिकमान्डु