नाडा निर्वाचनः मतदानको समय १ घण्टा थपियो



काठमाडौं । नाडा अटो मोबाइल्स एसोसिएसन (नाडा)को निर्वाचनमा मतदानको समय १ घण्टा थपिएको छ ।

विहान ९ बजेदेखि शुरु भएको मतदान साढे ३ बजेसम्म हुने भनिएकोमा अब साढे ४ बजेसम्म मतदान चल्ने भएको हो ।

३ हजार २१६ जना मतदाता रहेको नाडामा अझै ३ सय मत खस्न बाँकी भएकाले समय थप गरिएको सचिव अनुप कुमार बरालले जानकारी दिए ।

‘अझै ३ सय मत खस्न बाँकी छ, ७ वटै प्रदेशबाट मतदाता आउने क्रम जारी रहेकाले समय थप गरिएको हो,’ उनले भने ।

नाडाको अध्यक्ष पदका लागि करण चौधरी र ध्रुव थापा प्यानलसहित चुनावी मैदानमा छन् ।


क्लिकमान्डु