महालक्ष्मी लाइफको ‘यूवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम २३ जिल्लाका ४२ स्थानमा



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रमलाई तीव्रता दिँदै आएको छ ।

कम्पनीले सो कार्यक्रम आश्विन महिनाबाट शुरु गरेको थियो ।

तीन महिनाको अवधिमा देशका २३ जिल्लाका ४२ स्थानमा उक्त कार्यक्रम पुगेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको उक्त अभियानप्रति यूवा र विद्यार्थीको आकर्षण समेत बढ्दै गएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिए ।

यसै सिलसिलामा कम्पनीको उक्त कार्यक्रम हेटौडा, दमौली, भिरकोट (स्याङ्जा), बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न गरेको सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा हेटौडा क्याम्पसमा ९० जनाको सहभागितामा कम्पनीले कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा बीमाको महत्व बारेमा प्राध्यापक भुपेन्द्र कोइराला र कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रकाश पारे ।
स्याङ्जाको भिरकोटस्थित भुपु सैनिक कम्यूनिटी एकेडेमीमा अभियानका केन्द्रिय सदस्य खेम भट्टराईको अध्यक्षतामा ४० जनाको सहभागीता कार्यक्रम सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा ३४ जना विद्यार्थीको सहभागीतामा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमला र एरिया ब्रान्च म्यानेजर माधव न्यौपानेले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए ।

यस्तै, बाँकेको कोलहपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन गरेको छ । सो कार्यक्रममा ४० जनाले सहभागीता जनाएका थिए ।


क्लिकमान्डु