कैलालीमा झडप हुँदा दुई सुरक्षाकर्मी घाइते

0
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई पक्षबिच भएको झडप नियन्त्रणमा लिने क्रममा दुई प्रहरी कर्मचारी घाइते भएका छन् ।

मंगलबार साँझ भएको उक्त घटनामा घाइते इन्स्पेक्टर बलराम पाण्डे र असई डबल साउदको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ। कैलालीका एसपी नरेन्द्र चन्दका अनुसार धनगढी–१३ मा दुई समुहबिच आपसी झगडा भएको थियो । प्रहरीले झडपमा संलग्न १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार झडपमा केही अन्य व्यक्तिहरू पनि घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन र थप हिंसा हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो ।

सुरक्षाकर्मीले घटनास्थलबाटै शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिएको छ ।

झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको एउटा सवारी साधनमा समेत सामान्य क्षति पुगेको छ । झडपको कारणबारे पूर्ण जानकारी आउन बाँकी छ ।

हाल घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपीको कमाण्डमा विशेष प्रहरी टोली खटाइएको छ ।