उपल्लो डोल्पाका विद्यार्थीको लागि ज्योति विकास बैंकको सहयोग



काठमाडौं । ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँ स्थित श्री यान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुको लागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एच डी आई) को ‘प्रोजेक्ट ज्योति’ मार्फत् दुई लाखको आर्थिक सहयोग गरेको छ ।

ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट ले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङ लाई सो रकम प्रदान गरेको थियो ।

एचडीआईले सो रकमबाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विधुतिय माध्यमद्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ । उक्त बत्तीहरूले विधुतिय सेवाबाट वन्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमा पनि अध्ययन गर्न थप सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रोजेक्ट ज्योतिू नाम दिइएको यस परियोजनामा एच डी आई र राष्ट्रिय आविष्कार केन्द्रको संगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरि जडान गरिने छ। सो पावर वालले विद्यार्थीहरुलाई दिनभर बत्ती चार्ज गर्ने सुविधा प्रदान गर्ने छ । ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम वटा मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।


क्लिकमान्डु