लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण सुरु



काठमाडौं । लक्ष्मी बैंकले आफ्नो ग्राहकहरुलाई सधैँ डिजिटल बैकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्ने गरेको छ । बैंकले आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण ल्याएको छ । यो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गने बैंकले जनाएको छ ।
एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु हो ।

डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानी को प्रवर्द्वन गर्नमा केन्द्रित रहेको छ । लक्की ड्र द्वारा आफ्ना ग्राहकहरुलाई क्यूआर भुक्तानी गर्न र व्यवसायीहरुलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गर्दछ । यस योजना अन्तर्गत, डिजिटल डिसेम्बर भरी हरेक हप्ता ३ भाग्यशाली क्यूआर व्यवसायीहरुले ५ हजार नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्यूआर भुक्तानी गर्ने ग्राहकले ५ सय सम्मको ५० प्रतिशत क्यासब्याक जित्न सक्नेछन् ।

साथै यस योजना को अवधि भरी, मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनी मार्फत एक हजार भन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्य ५ सय जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा ५ सय क्यासब्याक पाउन सक्नेछन् ।

यसका साथसाथै डिजिटल कारोबारलार्इ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाईल मनी सब्स्क्राइब गर्नुहुने सबैले एक महिना सो सेवा निःशुल्क पाउन सक्नेछन् ।


क्लिकमान्डु