२२ वाणिज्य बैंकको लाभांश घोषणा ५ वटाको बाँकी, कुनको कति ?



काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये अहिलेसम्म २२ वटा बैंकले सेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् । २७ वटा बैंकमध्ये अब ५ वटा बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।

लाभांश घोषणा गरेका बैंकमा सबैभन्दा बढी नबिल बैंक छ भने दोस्रोमा हिमालयन बैंक छ । लाभांश घोषणा गरेका बैंकमा सबैभन्दा कम अहिलेसम्म नेपाल एसबीआई बैंकको रहेको छ ।

नबिल बैंकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतशित नगदसहित ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै हिमालयनले २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । अहिलेसम्म थोरैं लाभांश घोषणा गरेको नेपाल एसबीआई बैंकको बोनस ३.५ प्रतिशत र १.८१ प्रतिशत नगदसहित ५.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमध्ये १० प्रतिशत भन्दा कम ३ वटा बैंकको रहेको छ । जसमा एसबीआई सहित सनराइज र कुमारी बैंक रहेका छन् ।

अन्य बैंकको लाभांश दुई अंकभन्दा माथि नै रहेको छ । कुमारी बैंकको ६ प्रतिशत बोनससहित ८.६७ प्रतिशत र सनराइज बैंकले ६.६५ प्रतिशत बोनससहित ७ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्तालाई लाभांश दिने प्रस्ताव गरेका हुन् । लाभांश घोषणा गर्नेमा सानिमा बैंकको १७.८९ प्रतिशत रहेको छ । जसको बोनस १७ र नगद ०.८९ प्रतिशत रहेको छ ।

यस्तै, नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगदसहित १७ प्रतिशत, प्राइम बैंकले १६ प्रतिशत बोनस र ०.६३ प्रतिशत नगद सहित १६.६३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन्स बैंकले १६/१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । जसमा इन्भेष्टमेन्ट बैंकको बोनस १२.६११ प्रतिशत रहेको छ भने करसहित नगद ३.३८९ प्रतिशत रहेको छ ।

यस्तै सिटिजन्सको बोनस १२.९१ र नगद ३.०९ प्रतिशत रहेको छ । एनएमबी बैंकले १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १२.५ र नगद करसहित ३.३ प्रतिशत रहेको छ ।

यस्त, एनआईसी एसिया बैंकले १५.७९, नेपाल बंगलादेश बैंकले १५.५ प्रतिशत, सिद्धार्थ बैंकले १५ प्रतिशत, बैंक अफ काठमाण्डूले १४, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, ग्लोबल आईएमई बैंक १३.५ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बबैंकले १३.०६, प्रभु बैंकको १२.६३, मेगा बैंकको १२.०७ प्रतिशत, लक्ष्मी बैंकले ११.५ प्रतिशत र एभरेष्ट बैंकले १०.३२ लाभांश दिने प्रस्ताव गरेका छन् ।

यी कम्पनीले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि घोषित लाभांश पाउनेछन् ।

अब लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा सेन्चुरी बैंक, सिभिल बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनसिसी बैंक रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक नेप्सेमा सूचीकृत छैन । यसले सर्वसाधारण लगानीकर्तालाई लाभांश दिँदैन ।


क्लिकमान्डु