सहुलियत दरमा बिनाधितो कर्जा दिन युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबिच सम्झौता



काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबिच कर्जा सम्झौता भएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबिच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा साना किसान, कालिगढ, मजदूर र भुमिहीन विपन्न परिवारहरुलाई विपन्न वर्ग अन्तर्गत रहेर कर्जा लगानी गर्नको लागि कर्जा सम्झौता भएको हो ।

कर्जा सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र बैंकका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन । यो कर्जा सम्झौतापछि विपन्न वर्गलाई बैकले सहुलियत दरमा बिना धितो कर्जा प्रबाह गर्ने प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए ।


क्लिकमान्डु