ज्योति विकास बैंकले १५.५% लाभांश दिने



काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीहरुको लागि लाभांश प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालन समितिको बैंकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट १५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस ११ प्रतिशत र ४.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु